प्रधानमन्त्रीज्यू १३ करोडको होलीवाइन खानुभयो, जनताले चामल खान नपाउने ? प्रकाश स्नेही रसाइली

काठमाडौं । प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबारको बैठकमा काँग्रेस सांसद प्रकाश स्नेही रसाइलीले बझाङका जनताले चामल खान नपाएर मन्त्रालय धाउनुपरेको भन्दै सरकारले के हेरेर बसेको छ ? भन्दै सरकारको जवाफ माग गरे । उनले भने, ‘सम्माननीय प्रधानमन्त्री ज्यु बालुवाटारमा बसेर नृत्य हेरिरहनुभएको छ ।

अब यो नृत्यको टिकट बिक्री गर्ने, सांसद खरिद बिक्रीको उद्घोष गर्ने प्रधानमन्त्रीलाई मेरो विनम्रतापूर्वक अनुरोध छ, तपाईको सरकार बनिसकेपछि तपाईंहरुले १३ करोडको होलिवाइन खानुभयो तर बझाङका जनताले चामल खान पाउने कि नपाउने सम्माननीय प्रधानमन्त्रीसँग यसको जवाफ माग्न चाहान्छु ।

यो पनि हेर्नुहोस् काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद् दुर्गा पौडेलले रेशम चौधरीलाई माफी दिनु न्यायसंगत नहुने बताएकी छिन् । ‘टिकापुर घटनाको अभियोगमा अदालतबाट सजाय पाएका रेशम चौधरीलाई सरकारले माफी दिने कुरा आम सञ्चारमाध्यममा आइरहेको छ’ संसद्मा बोल्दै पौडेलले भनिन्, ‘टीकापुरमा २ वर्षको बच्चालाई समेत गो’ली हा’नेर ह’त्या गरिएको थियो । यो अत्यन्त बर्बर, अमानवीय र जर्जर ह’त्या थियो । यसलाई राजनीतिक भनेर मा’फी दिनु सही हुनसक्दैन ।

सरकार निर्माणका लागि बहुमत जुटाउन चौधरीलाई माफी दिइनु कानून र न्यायकै अवहेलना हुने उनले बताइन् । ‘विभिन्न पक्षले यसलाई राजनीतिक घटनाका रुपमा अघि बढाउनुपर्छ भनेका छन् । सरकार गठनकै लागि माफी दिन तत्परता देखाइएको हो भने त्यो अराजनीतिक र सिद्धान्तहीन सौदाबाजी हो । त्यसलाई सही भन्न मिल्दैन’ उनले भनिन्, ‘यसो भएमा कानून र न्यायको अवहेलना हुनेछ । देशमा अत्यन्त नराम्रो नजिर पनि स्थापित हुनेछ ।’

प्रकाशित मिति १८ चैत्र २०७७, बुधबार ११:०१