रेशम चौधरीलाई माफी दिनु हुँदैन : दुर्गा पौडेल

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले टिकापुर का ण्डका मुख्य अभियुक्त रेशम चौधरीलाई माफी दिन नहुने बताएकी छन्। बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा समसामयिक विषयमा बोल्दै उनले सरकारलाई समर्थन दिलाउनका लागि टिकापुर का ण्डको अभियोगमा सजाय पाइरहेका अभियुक्त रेशम चौधरीलाई माफी दिनु गलत हुने बताएकी छन्।

‘एउटा दुई वर्षको नाबालकसहित गरिएका त्यो घटनामा माफी लायक होइन’ उनले भनिन्, ‘अहिले पूर्व नेकपाको फु’टपछि कुनै पनि दलको बहुमत छैन, त्यो बहुमत दिलाउन रेशम चौधरीलाई माफी दिनु गलत हुनेछ।’

थारु समुदायको मुक्तिका लागि गरिएको आन्दोलनलाई हामी समर्थन गर्छौं तर नाबालकसहित गरिएको घटनालाई हामीले कदापी साथ दिँदैनौं र दिनु पनि हुँदैन। रेशम चौधरीको मागलाई पूरा गर्न तर्फ लाग्नु मुर्खता हुने उनले बताइन्।

उनले अगाडि भनिन्,‘अहिलेपनि विभिन्न पक्षहरुबाट राजनीतिक मुद्दा भनेर यसलाई अगाडि बढाएको विचारलाई सहि मान्न सकिँदैन। रेशम चौधरीलाई माफी दिए कानून र न्यायको अवहेलना हुनेछ। अराजक र ज घन्य अ’पराध’का दो’षीहरुलाई छाडिनु हुँदैन।

प्रकाशित मिति १८ चैत्र २०७७, बुधबार ११:१२