फेसबुकबाट नजिकिएका साथीले पुजालाई जि’उँ’दै मट्टी’तेल छ’र्कि’एर ज’लाइ’दिएपछि

दैनिक ज्या’लादारी काम गरेर पाँच जनाको परिवार पाल्दै आएका चक्रबहादुर कार्की सधैंझै काम खोज्दै दौडिरहेका थिए। मोबाइलमा नयाँ नम्बरबाट फोन आयो। उनले उठाए। उठाउने बित्तिकै आवाज आयो, ‘तपाइँको छोरीको शरीरमा आ’गो लागेको छ। एकदमै सि’रियस अवस्थामा छ। तपाई तुरुन्तै अस्पताल आउनु पर्यो।

फोन राम्रोसँग सुनिएन उनले विस्तारमा बुझेनन् । यत्ति बुझे उनकी छोरी संकटमा छिन् र यत्ति बुझ्नु उनलाई साँखुको सुष्मा कोइराला मेमोरियल अस्पतालतर्फ दौडिनको लागि पर्याप्त थियो ।

अस्पतालमा उनकी छोरी चिन्न नसकिने अवस्थामा थिइन् । ज’लेर अनुहार क्षत विक्षत भएको थियो । छोरीको वि’भत्स अवस्था देखेर निराश भए। होस ह’वास उड्यो। डाक्टरले भने ‘ढिलो किन गर्नुभयो ? तुरुन्त आइसियूमा राख्नु पर्छ। भेन्टिलेटर लिनुपर्छ ।’

महिला हिं’साका घटना समाचारमा थाहा पाउने गरेका कार्कीलाई आफ्नै छोरीमाथि ब’ज्रपात पर्दा निराशाले छोपेको छ । छोरीलाई यस्तो वि’भत्स अवस्थामा पुर्याउने अ’पराधीलाई हदैसम्मको का’रवाही हुनुपर्छ। मेरी छोरीलाई भाग्यले बचायो। उनका साथीहरु तुरुन्तै आएर अस्पताल नपुर्याएको भए जेसुकै हुन सक्थ्यो’ किर्तिपुर अस्पतालमा छोरीको उपचार गराइरहेका कार्की भन्छन् ।

सुष्मा कोइराला मेमोरियल अस्पतालबाट किर्तिपुर अस्पताल रिफर गरिएकी सोलुखुम्बु दुधकोशी गाउँपालिकाकी पूजा कार्की अहिले बोल्न नसक्ने अवस्थामा छिन् । ५ दिनसम्म आइसीयूमा राखेर उपचार गरेपछि उनलाई अहिले आइसीयूबाट बाहिर निकालिएको छ । उनी अस्पताल भर्ना भएको १२ दिन बितिसकेको छ। १९ वर्षकी पूजा कक्षा १२ की विद्यार्थी हुन् । उनी परिवारसहित जोरपाटीमा बस्दै आएकी छिन् ।

चैत ८ गते आइतबारको दिन पूजा कोठामै थिइन् । लञ्जमा पाहुनालाई स्वागत गर्ने काम गर्ने पूजाको काम बेलुकीको समयमा हुन्छ । रातमा काम गरेकी उनी बिहान सुतिरहेकी थिइन् । बिहानको ९ बजेतिर पाजी भनिने सुरज श्रेष्ठ कोठामा आए । थाकेकी पूजाले आफू थकित भएको बताइन् । त्यसपछि सुरजले उनलाई कु’टपिट गर्न थाले ।

सुरज र पूजाको चिनजान सामाजिक संजालबाट भएको थियो । केही समयअघि पुजालाई फेसबुकमा रिक्वेस्ट आयो उनले एसेप्ट गरिन् । चिनजान पनि भयो । अहिले भने पूजा आफूले मान्छे चिन्न ग’ल्ती गरेको महसुस गर्छिन् । फेसबुकमा चिनजानपछि उनहिरुबीच कुराकानी हुन थाल्यो । सुरुमा सुरजको व्यवहार राम्रै थियो ।

तर, पछि सुरज उनीप्रति अलि बढी नै आशक्त हुन थाले । कोठामा, कलेजमा, काम गर्ने ठाउँसम्म समेत पिछा गर्न थाले । सुरज लागूपदार्थका दुर्व्यसनी पनि हुन् । उनी यसअघि सुधार केन्द्रमा समेत बसेर फर्किएका हुन् ।

सुरजले अनावश्यक त’नाब दिन थालेपछि पूजाले उनीबाट टाढिन खोजिन् । तर, सुरज टाढिन चाहेनन् । बरु उनी थप हिं’स्रक हुन थाले । पहिले पनि सुरजले पूजालाई मा’रिदिएर आफू पनि म’र्ने ध’म्कीसमेत दिइसकेका थिए । पूजालाई घरपरिवारको आर्थिक स्थितिको चिन्ता थियो त्यसैले उनले पनि काम गर्न थालेकी थिइन् । सुरजले भने उनलाई कहीँ पनि सुख दिँदैनथे । सुरजको एकोहोरो व्यवहारले दिक्क भएकी पूजा टाढिँदै जान थालेपछि उनहिरुबीच वि’वाद सुरु भएको थियो ।

यही विवादका बीच पूजाको कोठामा आएका सुरजले उनलाई ध’म्की दिने, ब्ल्याकमेल गर्ने गर्न थाले । पूजाले प्रतिवाद गरिन्, सुरज झन् आक्रोशित भए । यत्तिकैमा सुरजले हातमा चक्कु लिए । आत्तिएकी पूजा घरबाट बाहिर निस्किन खोजिन् । दुवैबीच च’क्कु खो’साखोस भयो । ‘उसले ज’बर्जस्ती गर्दा मेरो निधारमा च’क्कु लाग्यो। अत्याधिक र’गत बग्न थाले पछि म क’राउन थालेँ। त्यहीबेला उसले नजिकै रहेको मट्टितेल मेरो शरीरमा छ’र्कियो र आ’गो लगायो’ पूजाले घटना सम्झिइन् ।

आ’गो लागेपछि पूजाले आ’गो निभाउन थालिन्, सुरज हेरेर बसे । ‘धन्न साथीकोमा फोन लाग्यो। यदि त्यो दिन तत्काल मेरो साथी नआएको भए मलाई जे पनि हुन सक्थ्यो’ पूजाले भनिन् । पूजाले आफ्ना आमाबुवालाई धेरै त’नाव नदिउँ भनेर सुरजले लगातार ध’म्की दिँदा पनि आमाबुवालाई बताएकी थिइनन् । यो कुराले उनलाई आज पछुतो लागिरहेको छ ।

‘यदि त्यो च’क्कु मेरो आँखामा लागेको भए …घटना सम्झेर उनी अझै तर्सिन्छिन् । आफ्नो अस्मिता लु’टिएको र ज्या’न मा’र्ने कोसिस गरिएको छ भन्दै पूजा भन्छिन् ‘यस्ता मान्छेलाई हदै सम्मको का’रवाही होस्। यो अवस्था अरु दिदीबहिनीहरुको नहोस्।’

प्रकाशित मिति २० चैत्र २०७७, शुक्रबार ०९:१६