कोरिया पुगेका थिर बहादुर दर्लामीको दु*र्घटना

रोजगारीको शिलशिलामा ईपिएस मार्फत दक्षिण कोरिया आएका एक नेपालीको औधोगिक दु*र्घटनाको कारण मृ*त्यु भएको छ। सुर्खेत पन्चपुरी नगरपालीका २ घर भई हाल दक्षिण कोरियाको थेजनमा रहेको थेयङ गुम्सोक खोङअप कम्पनीमा कार्यरत २३ बर्षिय थिर बहादुर दर्लामी कम्पनिमा काम गर्दै गर्दा माथीबाट गरुङ्गो सामान झरेर लागेपछी ग*म्भिर घा*इते भएका थिए ।

घा*इते भएलगत्तै नजिकैको हस्पिटल पुर्याएर उपचार गरिएता पनि गम्भिर चो*ट लागेको कारण उपचारका क्रममै आज बिहान १० बजे अस्पतालमा मृ*त्यु भएको थियो । मृ*तक दर्लामीको मृ*त्यु भएको खवर सुनेपछी दुतावासमा जानाकारी गराईएको र पुलिस रि*पोर्ट आईसकेपछी मात्र घ*टनास्थ*ल पुग्ने दुतावास स्रोतले बताएपछि सुर्खेत समाज दक्षिण कोरियाका अध्यक्ष, कोषाध्यक्ष तथा सल्लाहकार घ*टनास्थ*ल तर्फ लागी सकेको सुर्खेत समाजका वरिस्ठ उपाध्यक्ष पुस्कर बुढाथोकीले बताएका छन् ।

मृ*तक दर्लामी १७ दिन अगाडी मात्रै ईपिएस मार्फत दक्षिण कोरिया आएका थिय भने काम सुरु गरेको मात्र ११ दिन भएको थियो। ८ जना नेपाली रहेको उक्त कम्पनी डोजरका पार्टसहरु बनाउने क*म्पनी रहेको छ। अविवाहित दर्लामीको नेपालमा आमाबुवा, एकजना दाई र २ जना दिदी रहेको बुझिएको छ। यो समाचार कान्तिपुर प्रेसबाट लिईएको हो ।

Loading...
प्रकाशित मिति २६ आश्विन २०७६, आईतवार १६:२५