जब मोटरसाइकल र चितुवा एक्कासी एक आपसमा ठोक्किए, अचम्मको दृश्य क्यामेरामा भयो कैद, हेर्नुहोस् तस्बिर

काठमाडौ । हिजोआज गाउँ गाउँमा बाघहरु देखिन थालेका छन् । पाटे बाघ, चितुवा पनि गाउँमा देखिनु सामान्य भइरहेका बेला सामाजिक सञ्जालमा यतिबेला २ तस्बिर भाइरल बनेका छन् । चितुवा र मोटरसाइकल ठक्कर खाएको तस्बिर सामाजिक सञ्जालमा देख्न सकिन्छ । नेपालमा बाघको बिगबिगी बढीरहेका बेला हामीले सबैलाई सचेत बनाउने उदेश्यले यो सामाग्री तयार पारेका हौँ । खासमा यि दुर्व दृश्य भारतका हुन् ।

भारतको राजस्थानका यि दृश्यमा मोटरसाइकलले एक चितुवालाई ठ क्कर दिएको तस्बिर एक जनाले लिएका छन् । हरेक एंगल र अवस्थाको तस्बिर सार्वजनिक भएपछि त्यो भाइरल भएको हो । भारतीय समाचार संस्था टाइम्स अफ इन्डियामा यो तस्बिर सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा भाइरल भएको हो । खबर हो गत मार्च २७ मा जयपुरस्थित रान्थमबोर नेसनल पार्कमा तीन जना सवार बाइकले चितुवालाई ठक्कर दिएको तस्बिर भाइरल भएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार बाइकमा सवार मानिसहरु गणेश मन्दिर रोड हुँदै अड्डा बालाजी मन्दिर पुजाको सिलसिलमा जाने क्रममा घटना भएको हो । भक्तालु सवार बाइक र बाटो का ट् न खोजिरहेको चितुवा एक्कासी देखिएपछि यो अवस्था सृजना भएको हो । जहाँ तीनै जना सामान्य घाइते भएका छन्। संयोग यो सबै घटनाको फोटो खिच्न एक फोटोग्राफरले सुनौलो मौका पाएका छन् । 

Loading...
प्रकाशित मिति २२ चैत्र २०७७, आईतवार १७:१६