म्यानमारकी सुन्दरीले रुँदै गरिन् अपील : म्यानमारमा मानिसहरु म’रिरहेका छन्, सहयोग गर्नुस् प्लिज !

सुन्दरी प्रतियोगितामा भाग लिन थाइल्याण्डको बैंकक पुगेकी म्यानमारकी विद्यार्थीले प्रजातन्त्रका लागि सडकमा आएका प्रदर्शनकारीमाथि आफ्नो देशको सेनाले दमन गरिरहेको भन्दै सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपील गरेकी छन् । थाइल्याण्डको राजधानी बैंककमा शनिबार राति सम्पन्न मिस ग्राण्ड इन्टरनेसनल पेजेन्ट प्रतियोगितामा **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

यांगुन विश्वविद्यालयकी विद्यार्थी हान ले पनि प्रतिस्पर्धी थिइन् ।
प्रतियोगिताको उपाधि अमेरिकाकी अबिना अपियाले जित्दा हानले भने मञ्चलाई आफ्नो देशको अवस्थाबारे विश्व समुदायको ध्यानाकर्षण गराउन सदुपयोग गरिन् । ‘जतिबेला म यो मञ्चमा छु, मेरो देशमा थुप्रै मानिसहरु मरिरहेका छन्’ गहभरि आँसु पार्दै उनले भनिन्, ‘आजै मात्र १०० भन्दा बढीको मृ८त्यु भएको छ ।

सडकमा ज्या८न गु’माएका मानिसप्रति गहिरो दुःख व्यक्त गर्छु ।’ म्यानमारका जनता प्रजातन्त्रका लागि सडकमा आएको भन्दै उनले भनेकी छन्, ‘म पनि एक हुँ, जो प्रजातन्त्रका लागि जोड दिइरहेको छु … म यहाँ भन्न चाहन्छु, कृपया सहयोग गर्नुहोस् । हामीलाई तत्काल अन्तर्राष्ट्रिय सहयोग आवश्यक छ ।’**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Loading...
प्रकाशित मिति २३ चैत्र २०७७, सोमबार ०९:४९