विदेशमा ज्या’न गु’माएका १५ श्रमिकको शव स्वदेशमा! विमानस्थलमै बग्यो आँशुको भेल !

वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्या’न गु’माएका श्रमिकको श’व स्वदेश ल्याइएको छ । आइतबार मात्रै नेपाल एयरलाइन्समार्फत मलेसिया, साउदी अरब र कतारबाट १५ जनाको श’व नेपाल ल्याएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

बोर्डका अनुसार आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका १५ वटा शवमध्ये मलेसियाबाट १२ वटा, साउदी अरबबाट दुईवटा र कतारबाट एकवटा शव एकैपटक ल्याइएको हा । यसअघि गत माघमा मलेसियाबाट १८ वटा श’व नेपाल एयरलाइन्सबाट ल्याइएको थियो ।

त्यसो त चालू आर्थिक वर्ष २०७७/०७८ को पहिलो नौ महिनामा मलेसियाबाट मात्रै २१९ वटा शव आएको बोर्डले जनाएको छ । बोर्डका अनुसार चालू आर्थिक वर्षमा मात्रै वैदेशिक रोजगारीका क्रममा ज्या’न गुमाएका १६ महिलासहित ६१५ जनाको शव स्वदेश ल्याइपुगेको छ ।

गएको साउनदेखि चैत २२ गतेसम्म वैदेशिक रोजगारीमा गएकामध्ये त्यो सङ्ख्याले रोजगारीकै सिलसिलामा ज्यान गुमाएकाको शव स्वदेश ल्याइएको बोर्डका निर्देशक दीनबन्धु सुवेदीले जानकारी दिए । बोर्डका अनुसार सो अवधिमा साउदी अरबबाट १७० वटा र कतारबाट ९५ वटा शव आएका छन् ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Loading...
प्रकाशित मिति २४ चैत्र २०७७, मंगलवार १७:४९