दुवै हात छैनन् सीपीका तर उनले कुनै नामी फोटोग्राफरका जत्तिकै तस्विर खिच्न सक्छन्

काठमाडौँ । दुबै हातखुट्टा नभएका मानिसले आफ्नो काम गरेको तपाईले देख्नु भएको छ । उनीहरुले सक्दैनन् जस्तो लाग्छ । तर यो विचारलाई भारतका एक व्यक्तिले भने सम्भव बनाएका छन् । भारतको केरलको मलाप्पुरम निवासी सीपी शिहाबुद्दीन नामक व्यक्तिले यो असम्भव कार्य गरेर सम्भव तुल्याईदिएका छन् ।

दुवै हात नभएका सिपीले फोटोग्राफिको शौख पुरा गर्दै मज्जाले क्यामेरामा तस्वीर कैद गरेका उनका तस्विरहरु विश्वभर चर्चामा छन् अहिले । सीपी शिहाबुद्दीन एक रोगका कारण आफ्ना दुबै हातखुट्टा गुमाउन पुगेपछि केही समय निराशामा बिताए तर समयसँगै उनले आँफुलाई पमिार्जित गर्दै लगे र अन्तत उनले फोटोग्राफिको शौख पुरा गर्दै मज्जाले क्यामेरामा तस्वीर कैद गर्न सफल भएका छन् ।

टेट्रा अमेलिया सिंड्रोम नामक एक दुर्लभ बिमारीको शिकार उनले हातखुट्टा गुमाए पनि आफ्नो रहरको पेशा फोटोग्राफी त्यागेनन् र हिम्मत पनि हारेनन् । अहिले आएर उनी कैयौँ मानिसहरुको प्रेरणाको स्रोत बन्न पुगेका छन् । उनको एक भिडियो सामाजिक सञ्जालमा धेरैले रुचाएका छन् ।

प्रकाशित मिति ६ बैशाख २०७८, सोमबार २०:०३