खोलाको ठूलो ढुङ्गामा उभिएर सेल्फी खिच्दा खसेर बेपत्ता भएकी युवतीको शब फेला

बागलुङ । फोटो खिच्ने क्रममा खोलामा बेपत्ता भएकी महिलाको शव आइतबार भेटिएको छ । तमानखोला गाउँपालिका–४ लाम्मेला घर भएर हाल काठमाडौं बस्दै आएकी ३२ वर्षीया देवी श्रीपाली बडिगाड खोलामा खसेर बेपत्ता भएको एक सातापछि तुरतुरे तालमा शव भेटिएको हो ।

बुर्तिबाङको निर्माणाधीन लक्ष्मीकुण्ड घाट पुलदेखि झण्डै ३० मिटर तल खोलाको ठूलो ढुङ्गामा उभिएर फोटो खिच्ने क्रममा चिप्लिएर श्रीपाली गत आइतबार बेपत्ता भएकी थिइन् ।

आइतबार घुम्नका लागि बडिगाड खोलामा गएको र फोटो खिच्ने क्रममा श्रीपाली चिप्लिएर खोलामा खसेको र एक हप्तापछि बडिगाड खोलाकै तुरतुरे तालमा शव भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्काले जानकारी दिनुभयो । भाइले यस्तो भन्छन –

Loading...
प्रकाशित मिति ३० आश्विन २०७६, बिहीबार १६:०५