सहयोगी नहुँदा बाटोमै सुत्केरी प्रहरीद्वारा उद्धार श्रीमान केटी भगाएर भारत तिर

फुलमाया सुनार सुत्केरी व्यथा लागेको लामो समय घरमै सहेर बसिन्। जब व्यथाले च्पाप्दै गयो र सहन नसक्ने भईन्। त्यसपछि उनी एक्लै जिल्ला अस्पताल तर्फ लागिन्। बडिमालिका नगरपालिका ७ जिल्ली विहे गरेकी सुनारको साथमा कोही थिएनन्। उनी माइती घर रजाली बस्दै आएकी थिईन्।श्रीमान केटी भगाएर भारत गएका छन्।

रजालीबाट आउन डेढ घण्टा समय लाग्छ। तरपनि उनी आउँदै गर्दा बीच बाटोमै सुत्केरी भईन्। प्रसव पीडामा सान्त्वना दिने र सहयोग गर्न कोही थिएनन्। साथमा रहेकी गाउँकी दिदी नाता लाग्नेलाई बच्चा सम्हाल्नेकी आमा गाह्रो भयो।सुत्केरी व्यथाले फुलमाया एकतिर छट्पटी अवस्थामा र अर्कोतिर शिशुको सुरक्षा।

एकान्त बीच बाटोमा निकै दयालाग्दो अवस्था देखिएको महिला विकास मञ्च सुआहारा कार्यक्रमका फिल्ड सुपरभाईजर कुसुश शाहीले बताईन्। शाही रजाली तर्फ जाँदै गर्दा भेटाएकी हुन्। सही नसक्नु पीडादायी अवस्था थियो, त्यही गर्नसक्ने अवस्था नै थिएन्, लगत्तै प्रहरीलाई खबर गर्यौ र उद्दार गरेर जिल्ला अस्पताल प्रहरीले ल्याएको शाहीले थपिन्।

साथमा आउने कोही नभएर नै उनी घरमै सुत्केरी हुने मनसायमा थिइन्। तर व्यथा बढ्दै गएपछि सहन नसकेर मात्र फुलमाया अस्प ताल आउन बाध्य भएकी हुन्। यो खबर आजको नागरिक दैनिकमा छ।यो पनि पढ्नुसकोहि व्यक्तिहरु निदाएको बेला झस्किने, चिच्याउने, रुने गर्छन् । निदाएको बेला कसैले आक्रमण गरेको देख्नु, घाँटी थिचे को देख्नु, उचाईबाट लडेको देख्दा मानिसहरु एक्कासी आत्तिँदै बिउझिने गर्छन् ।

यसको मुख्य कारण हाइपनिक जर्क वा ‘स्लीप स्टार्टर’ जस्ता समस्या हुन सक्ने डाक्टरहरु बताउँछन् ।के हो ‘हाइपनिक जर्कहाइपनिक जर्क’ वा ‘स्लीप स्टार्टर’ कुनै रोग होइन । र यो कुनै पनि नर्भस प्रणालीको डिसअर्डर पनि होइन । यो निदाएको र बिउँझिदाको समयबीचको अवस्था हो । कम निदाएको समयमा झट्का बढी महसुस हुनेगर्छ । यो जसको दिमागको नसा साँघुरो हुन्छ त्यसको दिमागको प्रतिक्रिया हो ।

निन्द्रामा मानिसहरु जे देख्छन् त्यही सत्य मान्छन् र निद्रामा सम्हालिन सक्दैनन् । जसको कारण त्यस्ता गतिविधि देखाउँछन् ।हाइपनिक जर्कको कारण के वैज्ञानिकहरुका अनुसार तनाव, चिन्ता, थकान, क्याफिनको बढी प्रयोग र कम निद्राको कारण दिमागले आराम पाउँदैन र यस्ता विविध प्रतिक्रिया दिन्छ । यो समस्या बंशानुगत पनि हुनसक्छ । यद्यपि, यो समस्या दिमागलाई आराम नपुग्दा नै देखिने गर्छ । मध्यपान तथा धुमपान आइरनको कमिका कारण मांसपेशीमा ऐठन हुन्छ र निन्द्रामा झट्का लाग्छ ।

साथै, यस्ता समस्या उत्तेजक औसधिको सेवनले पनि हुन्छ । धेरै समय शारीरिक व्यायाम गर्ने मानिसहरुमा पनि यस्तो समस्या देखिन सक्छन् । धेरै व्यायाम गर्ने मानिसहरुको दिमागको आधा भाग सक्रिय रहन्छ । जसले निन्द्रामा झट्का महसुस गराउँछ । अप्ठ्यारो गरेर सुत्दा पनि ऐठन हुन्छ ।कसरी बच्ने आवश्यताअनुसार निन्द्रा पूरा गर्ने बानी बसाल्नुपर्छ । समयमा सुत्ने र समयमा नै उठ्ने गर्नुपर्छ । नुहा उँनुभन्दा पहिले मनतातो पानीमा नुहाउँदा यस्ता समस्या कम हुन्छन्।

साथै, सुत्ने तरिका पनि ध्यान दिएका यस्ता समस्याबाट बच्न सकिन्छ यसका लागि ‘सोल्जर पोजिशन’ मा सुत्नुपर्छ । जसको लािग ढाड सीधा पार्ने र दायाँबायाँ दुवै हात राखेर सुत्न सकिन्छ । शवासनमा प्रयोग हुने यो तरिकाले ढाडको हड्डी सीधा रहन र पेटमा एसिड बन्न नदिन मद्दत पनि गर्छ ।क्याफिनसुत्नु भन्दा पहिले कफि, चिया र सोडा जस्ता पेयपदार्थ पिउँनुहँदैन । साँझ आवश्यकताअनुसार पानी पिउने गर्दा रातको समयमा राम्रोसँग निन्द्रा लाग्ने र यस्ता समस्याबाट बच्न सकिन्छ ।

गुलियो कम खानेधेरै गुलियो खानेकुराले निन्द्रा विगार्छ । त्यसैले नुन वा गुलियो खानेकुरा कम खानेगर्नुपर्छ । निदाउँनुअघि फलफूल वा तरकारी खान सकिन्छ ।आइरनयस्ता डिस्अर्डरलाई कम गर्नको लागि आइरन, म्याग्नेसियम रक्याल्सियमयुक्त खाना खानुपर्छ । आइरनको कमि पूरा गर्न नियमित दुध, दही, केरा र किसमिस खान सकिन्छ ।धेरै कसरत र मोबाइलसुत्नुभन्दा ६ घण्टाअगाडि नै कसरत गर्ने र सुत्नु अघि मोबाइल स्विच अफ वा साइलेन्ट मोडमा राखेर सुत्ने गर्नुपर्छ ।

Loading...
प्रकाशित मिति २ कार्तिक २०७६, शनिबार १०:०८