विप्लव नेतृत्वको नेकपाका काभ्रे जिल्ला सेक्रेटरी पक्राउ

धुलिखेल : सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका काभ्रे जिल्ला सेक्रेटरीलाई प्रहरीले पक्राउ गरेको छ। पनौती–९ शङ्खुस्थित घरबाटै सुन्तली थोकरलाई प्रहरीले मध्यराति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेको एसपी जयराज सापकोटाले बताए। सापकोटाकोअनुसार विशेष सूचनाका आधारमा थोकरलाई घरबाटै पक्राउ गरेको हो।

बुधबारै काभ्रेको रोशी गाउँपालिकाको सिपाली चिलाउनेबाट विप्लवसमूहमा आबद्ध भएको आरोपमा २ जनालाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोशी-५ बस्ने आशामान तामाङ र रोशी-३ शिखराम्बोटे बस्ने कृष्णबहादुर मगर छना्। उनीहरुलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेले नियन्त्रणमा लिएको एसपी सापकोटाले जानकारी दिए।

Loading...
प्रकाशित मिति ७ कार्तिक २०७६, बिहीबार ०४:२३