विश्वकै उत्कृष्ट ह्याण्डराइटिङ लेखेर नेपालको नाम विश्वसामु चिनाउन सफल प्रकृति मल्ल

काठमाडौ ।

सानै उमेरमा विश्वकै उत्कृष्ट ह्याण्डराइटिङबाट विश्व रेकर्ड राखेकी प्रकृति मल्लको बारेमा थाहा नपाउने कमै छन् । नेपालमा मात्र हैन विश्वभरी नै उनको चर्चा र उनको ह्याण्डराइटिङ भाईरल भएको छ ।पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा त झनै उनी उदाएकी छिन् । उनको सफलताको राज भने यसरी खुल्छ ।

नौ वर्षमै प्रकृति मल्ल कक्षा ५ मा पढ्थिन्, त्यही कक्षामा छँदा मल्लको हातमा एउटा कापी पर्यो । आफू पढ्ने विद्यालयकै माथिल्लो कक्षामा पढ्ने दाजु, अभिषेक लोप्चनको ।

कक्षाका अरु विद्यार्थीको तुलनामा छोरीको पनि हस्तलेखन अब्बल भएकोले बुवा प्रल्हादकुमारले लोप्चनको कापी प्रकृतिलाई देखाउनकै लागि घरमा ल्याएका थिए । ‘कापी हातमा पर्ने बित्तिक्कै म त एकछिन केही बोल्नै सकिन ।’ सात वर्षअघिको त्यो क्षण सम्झँदै हाल १६ वर्षीया मल्लले भनिन्,

मैले कापी ओल्टाइपल्टाइ गरेँ, यस्तो अनविलिएवल (अविश्सनीय) अक्षर पनि लेख्न सकिने रहेछ भन्ने लाग्यो ।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रकाशित मिति २४ असार २०७८, बिहीबार १५:३५