नेपालको सिमाना मिच्ने मोदीको विप्लवले पुत्लादहन गरेर बिरोध

प्रदेश नं ५ मा माओवादी विप्लव समूहको गतिविधि निस्तेज हँुदै गएको प्रदेशको उच्च सुरक्षा तहमा निष्कर्ष निकालिएको छ । दाङ जिल्ला लगायतमा प्रतिबन्धित विप्लव समूहका उच्चस्तरीय नेतृत्वको गिरफ्तारी र प्रहरी प्रशासनको सक्रियताले समूहको अवस्था कमजोर हुँदा विध्वंशात्मक कार्य नियन्त्रणमा सफलता मिल्दै गएको विश्लेषण गरिएको छ ।

प्रदेश नं ५ का १२ वटै जिल्लाका प्रजिअ र सबै सुरक्षा अङ्गका प्रमुखसहित नेपाल सरकार गृह मन्त्रालयका सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखसहित दुई दिनसम्म बुटवलमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भएको छलफलमा प्रदेशका जिल्लाहरुको सुरक्षा अवस्था बारेमा प्रस्तुत रिपोर्टअनुसार विप्लव माओवादीको अवस्थाका बारेमा निष्कर्ष सार्वजनिक गरिएको थियो ।

यस्तै प्रदेशको समग्र सुरक्षा अवस्थामा खुल्ला सीमाका कारण मुख्य चुनौती रहेको विश्लेषण गरिएको छ । प्रदेश नं ५ को अधिकांश भूभाग भारतीय सीमासँग जोडिएकाले आवतजावत गर्न खुल्ला सीमाका कारण सहज रहेको छ । यो प्रदेशको १२ जिल्लामध्ये ६ जिल्ला भारतसँग सीमा जोडिएको छ । खुल्ला सिमानाका कारण तस्करी, ला गुऔ षध ओसारपसार र दुवैतर्फ अ पराध गरेर भाग्ने गरेको अधिकांश घटना रहेका छन् ।

आपराधिक क्रियाकलापको तथ्याङ्क हेर्दा प्रदेश अग्रस्थानमा रहेको देखिएकाले यसको नियन्त्रणमा सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिएको छ । यस्तै प्रदेशका पहाडी जिल्लामा राजनीतिक आन्दोलनको नाममा विप्लव माओवादकिो गतिविधि प्रभावकारी रुपले सञ्चालन गर्न खोजिएको तर त्यसलाई सुरक्षा संयन्त्रले निस्तेज पार्न सफल ।

यस्तै आसन्न उपनिर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सुरक्षा अवस्था कसरी चुस्त बनाउने र मतदातालाई सहज रुपमा मतदानको वातावरण सिर्जना गर्ने र निर्वाचनमा स्वच्छ तथा मर्यादित रुपमा राजनीतिक प्रचारप्रसारको वातावरण विषयमा विभिन्न जिल्लाका प्रजिअबीच समन्वयको अवसर मिलेको बताइएको छ ।

Loading...
प्रकाशित मिति २१ कार्तिक २०७६, बिहीबार ०२:४८