भाेजपुरमा बसले किचेर सह चालकको निधन

भाेजपुरमा बसले किचेर सह-चालकको मृत्यु भएकाे छ । भोजपुरको ट्याम्केमैयुम गाउँपालिका-२ का २४ बर्षीय बिकाश राईको बसले किचेर मृत्यु भएको हाे । भोजपुरबाट चखेवा चल्ने बा ४ ख ८५५९ नम्बरको बस चखेवामा पुगी पार्किङ गरेको र पार्किङ स्थलमा बसको पछाडीको टायरमा ओट लगाउने क्रममा बस ब्याक भई किच्दा सह-चालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भई रहेको छ भने बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भई रहेको छ भने बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भई रहेको छ भने बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पढ्न नछुटाउनुहोला, एकपटक अवश्य पढ्नुहोला । एउटा नेता भोट माग्दै एक जना वृद्धको घरमा पुगे । उसले ति बृद्धको हातमा रु १ हजार थमाउँदै भनें ‘बाबा यसपालि भोट चाहिं मलाई नै दिनु है।वृद्ध पैसा लिन इन्कार गर्दै भने ‘बाबु म बुढोलाई पैसा चाहिंदैन । तर यदि तिमीलाई मेरो भोट चाहिएकै हो भने एउटा गधा किनेर देउ मलाई ।’

कडा टक्करको चुनाव थियो । नेतालाई एक-एक भोटको खाँचो । नेताजी गधा खरिद गर्न निस्किए । तर कहिं गए पनि ३० हजार भन्दा कम मूल्यमा गधा पाएनन् ।नेताजी फर्किएर आए र वृद्धलाई भनें ‘सोचे जस्तो मोलमा कतै गधा पाइएन । कम्तिमा पनि एउटा गधालाई ३० हजार पर्दो रहेछ । म हजुरलाई गधा दिन नसक्ने भएँ, बरु यो २ हजार लिनुहोस ।’

वृद्धले भावुक हुँदै भने-‘बावु मलाई लज्जित नगराउ । तिम्रो नजरमा मेरो मोल एउटा गधाको बराबर पनि रहेनछ । गधा त ३० हजार मा बिक्दो रहेछ । म मनुष्य भएर आफुलाई २ हजारमा कसरी बेचुँ उपनिर्वाचन आउँदै छ । आफुलाई गधा भन्दा पनि कम मूल्यमा बेचेर फेरी नलायक नेता छान्ने कि आफ्नो अमूल्य मतलाई चिन्ने ! विचार तपाईको ।

Loading...
प्रकाशित मिति २२ कार्तिक २०७६, शुक्रबार ०३:०६