आकाशबाट अचानक चाँदी बर्षीयपछि टिप्न मानिसहरुको तछाडमछाड

काठमाडौँ, २२ कात्तिक । भारतको बिहारको सीतामढीस्थित सुरसण्डी भन्ने स्थानमा आकाशबाट चाँदी बर्सिएपछि टिप्नेको तछाडमछाड भएको छ । सुन्दै अचम्म लाग्ने यो घटनाले त्यस क्षेत्रका मानिसहरुलाई पनि आचश्र्य चकित बनायो । आकाशबाट चाँदी वर्षीएको कुराले मानिसहरु चाँदी टिपनका लागि हातहातमा भाँडा लिएर तछाडमछाड गर्न थाले ।

मानिसहरुले एकअर्कालाई अचानक सडकमा यति धेरै चाँदी कहाँबाट आयो भनेर प्रश्न सोधिरहेका थिए । या कोही चोर वा तस्कर चाँदीका दाना कुनै बोरामा यहीबाटो लिएर जाँदै थियो भनेर आशंका पनि व्यक्त गरिरहेका थिए ।

जानकारहरुले सडकमा भेटिएका चाँदी निकै शुद्ध भएको बताएका छन् । यतिधेरै चाँदी सडकमा भेटिएपछि मानिसहरुले आकाशबाट बर्सिएको भन्ने अपवाह समेत फैलाएका छन् । यस रोचक घटनामा उक्त बाटो नेपालको सीमा नाका भएका कारण त स्कर वा चो रको मामिला हुन सक्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस विषयमा जानकारी पाएर तत्काल उक्त स्थान पुगेको प्रहरी पनि बाटोमा छरिएका चाँदीका दाना देखेर चकित बनेका छन् । यस मामिलामा अहिलेसम्म कुनै सत्यतथ्य पत्तालाग्न सकेको छैन् । प्रहरीले अनुसन्धानलाई तिब्र बनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Loading...
प्रकाशित मिति २२ कार्तिक २०७६, शुक्रबार ०३:१९