रबि लामीछाने भारतले सीमा मिचेपछि सडकमा,रबि र गगन थापा सडकमा उत्रिदा देखियो यस्तो…(हेर्नुहोस् भिडियो)

काठमाडौं- अतिक्रमित टुँडिखेल जोगाउन आजबाट ‘अकुपाई टुँडिखेल’ अभियान शुरु भएको छ । अभियानमा सहभागीले रत्नपार्कदेखि सैनिकमञ्चसम्म मानव सांग्लो बनाएका छन् । देश परिवर्तनका लागि हुने विभिन्न आन्दोलन गर्ने यो सार्वजनिक भूमी अहिले अतिक्रमणमा परेको भन्दै अतिक्रमणबाट मुक्त गराउन अकुपाई टुँडिखेल अभियान चलाइएको अभियन्ता आलोकसिद्धि तुलाधरले बताए ।

खुलामञ्च नागरिकले आफ्नो अधिकारको लागि बोल्ने र आफ्नो आवाज सरकारसम्म पुर्‍याउने ठाउँ भएको भन्दै अर्का अभियन्ता अभियन्ता गणपतिलाल श्रेष्ठले खुलामञ्‍च, टुँडिखेल मासेर नागरिकलाई आफ्ना आवाज व्यक्त गर्न वञ्चित गरिएको आरोप लगाउँदै त्यसकै खबरदारीका लागि यो अभियान चलाइएको बताए ।

यो अभियान अन्तर्गत ‘अकुपाई टुँडिखेल’ आजदेखि तीन महिना हरेक शनिबार आयोजना हुने अभियानका संयोजक विजय श्रेष्ठले जानकारी दिए । आज पहिलो चरणको समापनपछि तीन महिनासम्म प्रत्येक शनिवार टुँडिखेल क्षेत्रमा रचनात्मक र चेतनामुलक कार्यक्रम संचालन गरिने बताइएको छ ।

अभियानमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, काठमाडौंका संघीय र प्रदेश सांसद, जनप्रतिनिधिहरु सहभागी हुने जनाइएको छ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधान, गगन थापा, प्रदेश ३ का सांसद विराजभक्त श्रेष्ठ, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ लगायतले सामाजिक संजालबाट मानव साङ्लो बनाएर टुँडिखेल घेर्ने कार्यक्रममा सहभागी हुने बताएका छन्।

टुँडिखेल विगतमा एसियाकै सबैभन्दा ठूलो परेडस्थल, भूमिगत जलको पुनर्भरणको स्रोत, सांस्कृतिक र धार्मिक महत्व बोकेको र दैवीप्रकोपका बेला आश्रय लिने ठाउँ रहेको छ । यहाँ अहिले अस्थायी बसपार्क भन्दै स्थायी बसपार्क बनाउनु, अनधिकृत रुपमा पसल सञ्चालन, भवन बनाउने सामान र कामदार बस्ने ठाउँ, विभिन्न बहानामा ढलान गर्ने क्रम बढ्नु, खुला ठाउँमा जनताको पहुँच नहुनु जस्ता समस्या छन्।

रबि लामिछाने पनि “अकुपाई टुँडिखेल”अभियानमा पुगेका छन् । रबि लामिछाने र गगन थापा सडकमा उत्रिदा उर्लियो हजारौ जनता पनि सडकमा उत्रिएका छन् ।

Loading...
प्रकाशित मिति २३ कार्तिक २०७६, शनिबार ०५:१९