टिकटक भिडियो बनाउँदै गर्दा यस्तो कैद भएपछि बन्यो विश्वभर भाइरल, उक्त दृश्य हेर्दा सबै परे चकित (भिडियोसहित)

एजेन्सी– पछिल्लो समय मानिसहरुमा टिकटकको लोकप्रियता बढी नै छ । छोटो भिडियो लिप–सिङ्क सेयरिङ्ग एप टिकटकमा भिडियो अपलोड गर्नेहरुको संख्या पनि उत्तिकै छ । विभिन्न किसिमबाट बनाइएका टिकटक भिडियो तीव्र रुपमा सामाजिक सञ्जालमा भाइरल भइहाल्छन् ।

यस्तै एउटा भिडियो अहिले भाइरल भएको छ । उक्त टिकटक भिडियोमा एक युवतीले नृत्यु गरिरहेकी हुन्छिन् । उनको नृत्यका कारण उक्त टिकटक भिडियोले चर्चा पाएको नभइ भिडियोमा देखिएको एउटा दृश्यले सबैको ध्यान तान्नुका साथै चकित पारेको छ ।

भान्सा कोठामा ती युवतीले नाचेको भिडियो बनाउँदै गर्दा उनको पछाडि रहेको सिसामा एक छायाको दृश्य देखिन्छ । उक्त दृश्यलाई भूत भएको बताइएको छ । भिडियोमा देखिएको उक्त छायाको दृश्यका कारण ती युवती पनि त्रसित देखिन्छिन् ।

भिडियो अपलोड गर्दै ती युवतीले लेखेकी छन्, ‘यो भिडियोमा म एक्लै छैन । मरो साथमा यहाँ अरु कोही पनि छन् । तर, मलाई थाहा छैन, को छ भनेर ।’ यो भिडियोलाई ७० लाखभन्दा बढीले हेरेका छन् । भिडियो हेर्न यहाँ किल्क गर्नुहोस

Loading...
प्रकाशित मिति २३ कार्तिक २०७६, शनिबार १२:५२