घर लुटेपछि चोरले लेखे भाउजू तपाई अति नै राम्री हुनुहुन्छ

काठमाडौं एक ब्यापारीका लागि छठमा ढोका थुनेर घर जानु निकै नै महँगो साबित हुन पुग्यो । एक चोरले उनले घरमा आएर ६० लाख चोरी गर्‍याे । र, व्यापारी र उनकी श्रीमतीबारे आफ्नो भावना ऐनामा लेखेर फरार भयो । यो घटना भारतको पटनाको पत्रकार नगरको हो । पुलिसका अनुसार यहाँका एक व्यापारीको घरमा चोरले ६० लाख नगद, गहनाबाहेक घरका हरेक महँगा सामान चोरेको छ । चोरले घर भित्रको मञ्जनसमेत पनि नछोडेको बताइएको छ ।

यसपछि चोरले ड्रेसिङ टेबलको सिसामा लिपिस्टिकले लेखे ‘भाउजु तपाई निकै नै राम्री हुनुहुन्छ’ दाई अर्थात् व्यापारीका लागि भने उनीहरुले अपशब्दको प्रयोग गरेका छन् । चोरले थप लेखे, ‘भाउजु धन्यवाद, भगवानको कृपाले तपाईले धेरै–धेरै उन्नती गर्नुहोस्’ चोरले दराजदेखि खाट वरिपरिका सबै समानहरु अस्तव्यस्त पारिदिएका थिए । पीडितले पत्रकार नगर थानामा चोरीको मुद्धा दर्ता गरेका छन् ।

Loading...
प्रकाशित मिति २३ कार्तिक २०७६, शनिबार १३:०२