भारतले नेपालगन्जस्थित जमुनाह नाका शनिबार बिहान ६ बजेदेखि बन्द गरेको छ । नाका बन्द भएपछि नेपालबाट भारत जानका लागि हिडेका ठूलो संख्यामा नेपालीहरु नाकामा रोकिएको इलाका प्रहरी कार्यालय जमुनाहले जानकारी दिएको छ।
भारतमा लामो समयदेखि अयोध्याको राम मन्दिर र बाबरी मस्जिदको विवाद कायम छ । शनिबार भारतको सर्वोच्च अदालतले यसबारे फैसला सुनाउँदैछ ।अदालतले फैसला सुनाएपछि मात्रै नाका खोल्ने भारतीय पक्षले जानकारी दिएको छ । भारतिय पक्षको फैसला कतिबेला आउने र नाका खुल्छ भन्नेबारे यकीन नभएको प्रहरीको भनाइ छ ।
नेपालमा चाडपर्व मानेर भारत काममा फर्किएकाहरु लगायत ठूलो संख्यामा भारत हिडेका यात्रु अलपत्र परेका छन् ।
Loading...