डा. केसीको अनशनबारे प्रधानमन्त्रीलाई गगनको खुला प्रश्न

कांग्रेसका नेता गगन थापाले सात दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गरेका छन् । डा. केसीको आन्दोलनमा सुरुवातदेखि नै समर्थन गर्दै आएका थापाले डा.केसीका माग अविलम्ब सम्बोधन गर्न सरकारसँग माग गरेका हुन् ।

उनले डडेलधुरामा अनशन बसिरहेका केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै जाँदा पनि सरकारले बेवास्था गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका हुन् ।सामाजिक सञ्जालमार्फत उनले डा. केसीको माग आम नेपालीको गुणस्तरीय स्वास्थ्यका लागि भएको उल्लेख गरेका छन् ।

‘डा. केसीको संघर्ष न उहाँको लागि हो न उहाँको आफन्तका लागि ! यो संघर्ष तपाईं हाम्रा लागि हो, आम नेपालीको गुणस्तरीय स्वास्थ्यका लागि हो।सत्याग्रहलाई बेवास्ता गरिरहनुभएको प्रधानमन्त्रीलाई डा.केसीको अनशनको बारेमा चिच्याएर भनौँ’, थापाले लेखेका छन्, ‘डा.केसीको माग अविलम्ब सम्बोधन गर र उनको जीवन रक्षा गर ।

Loading...
प्रकाशित मिति २४ कार्तिक २०७६, आईतवार १५:२०