यिनै हुन् गोरखाका विद्यार्थी नेता जसले स्कुटर दुर्घटना हुदा अकालमै ज्यान गुमाउनु पर्यो

काठमाडौँ :

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी पालुङटार नगर कमिटीका संयोजक सुवर्ण देवकोटाको दुर्घटनामा ज्यान गएकाे छ । पालुङटार नगरपालिका ४ घर भएका देवकोटाको तनहुँको भन्सार भन्ने ठाउँमा आज मङ्गलवार भएको दुर्घटनामा ज्यान गएकाे हाे ।

डुम्रे जाँदै गरेका देवकोेटा चढेको बा ४५ प २३८ नम्बरकाे स्कुटरलाई ना ६ ख ९१३४ नम्बरको बसले ओभरटेक गर्ने क्रममा ठ’क्क’र दिएको इलाका प्रहरी कार्यालय डुम्रेका प्रहरी सहायक निरीक्षक डम्बर क्षेत्रीले बताउनुभयो ।

ठ’क्क’रबाट ग’म्भी’र घाइते भएका देवकोटाको डुम्रेको मोती अस्पतालमा प्रारम्भिक उपचार गरिएको र थप उपचारका लागि दमौली अस्पताल लैजाने क्रममा ज्यान गएकाे उहाँले बताउनुभयो ।

ठ’क्क’र दि’ने बसका चालक गोरखाका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति ९ मंसिर २०७८, बिहीबार ०३:१९