टिकटक हुदै म्युजिक भिडियो र विज्ञापनमा सफल हुदै आएका प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडा अव चलचित्रमा

काठमाडौं / टिकटक हुदै म्युजिक भिडियो र विज्ञापनमा सफल हुदै आएका प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडा अव चलचित्रको एक गीतमा देखिने भएका छन्। भ्यालेन्टाइन डे को छेकोमा फागुन २ बाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘लभ डायरिज’ को एक गीतमा यी दुई फिचर्ड रहनेछन्।

दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको आवाजमा रहेको ‘छम छम’ बोलको गीतमा सुशील श्रेष्ठको साथमा यी दुईले कम्मर मर्काएका छन्। गीतमा अर्जुन पोख्रेलको शब्द तथा संगीत रहेको छ। प्रविन सिंहको कोरियोग्राफी रहेको भिडियोमा रुविना थापा र विश्वजित रिमाल पनि फिचर रहेका छन्।

प्रिन्सी प्रिज्माको यो पहिलो चलचित्रको गीत हो। सौरभ चौधारिको निर्देशन रहेको चलचित्रमा शाहील खान सह-निर्देशकको रुपमा रहेका छन्। विनोद सापकोटा निर्माताको रुपमा रहेको चलचित्रमा सरोज तुलाधर सह-निर्माताको रुपमा रहेका छन्।

यो पनि पढ्नुस प्रदेश ५ सरकारले किसानका लागि वितरण गरेको करोडौं अनुदान रकम दु*रुपयोग भएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गत आर्थिक वर्षमा वितरण गरेको अनुदान पाउनेमा गैरकिसान धेरै परेका छन्। प्रदेशसभाको कृषि, वन तथा वातावरण समितिले अनुगमनमा कैयन् फर्जी किसान फेला पारेको हो। अनुदान पाउनेमा अधिकांश सम्पन्न परिवार र राजनीतिक पहुँचवाला छन्।

त्यस्ता किसानलाई अनुदान वितरण गर्दा कर्मचारीले २० प्रतिशतसम्म कमिसन लिएको प्रमाण फेला परेको छ। गत वर्ष मन्त्रालयले पौने २ अर्ब अनुदान बाँडेको थियो। प्रदेश सरकारले कृषि यान्त्रीकरण, स्मार्ट कृषि गाउँ कार्यक्रम, फलफूल उत्पादन, दुग्ध उत्पादन तथा बिउबिजन उत्पादनमा अनुदान बाँडेको छ।

प्रदेशकै नमुना कार्यक्रम भनिएको स्मार्ट कृषि गाउँ कार्यक्रममै अनुदान पचाउने काम भएको अनुगमन टोलीले जनाएको छ। अर्घाखाँची शीतगंगा नगरपालिका–१० का किसान यमलाल आचार्यले गत वर्ष ३७ लाख अनुदान पाएका छन्।

Loading...
प्रकाशित मिति २५ कार्तिक २०७६, सोमबार १६:०५