सिंजाली मगरको दायाँ निधारमा झन्डै एक किलोको ट्युमर उपचार गर्न पैसाको अभाव

बाँकेको खजुरा गाउँपालिका–३ शान्तिटोलका ६४ वर्षका बुद्धिबहादुर सिंजाली मगरको दायाँ निधारमा झन्डै एक किलोको ट्युमर छ। २०५५ सालमा सानो देखिएको ट्युमर हरेक वर्ष बढ्दै गएको छ। पैसाको अभावमा उनी २१ वर्षदेखि ट्युमर बोक्न बाध्य छन्। मेरो पनि निस्केको थियो। त्यत्तिकै हरायो। तिम्रो पनि हराउँछ गाउँकै एक वयोवृद्धले भनेको कुराले उनले पनि सुरुमा आफै निको हुने ठाने। मासु बढ्दै गएर आँखा च्यापिरहेको छ।

सुत्दा गाह्रो हुन्छ। गह्रुंगो भारी बोके जस्तो हुन्छ उनले भने मेरो ट्युमर देख्दा मान्छे हाँस्छन्। मलाई भने कुनै फिलिङ नै हुँदैन। मेरै नियति नै यस्तै छ भनेर चित्त बुझाउँछु। ट्युमरका कारण उनी प्रायः घर बाहिर जाँदैनन्। ट्युमर ढाक्न बाह्रैमास टोपी लगाउँछन्। बसिबसि खाँदा उनको शरीरको तौल बढेर एक सय १५ किलो भएको छ। उनका पाँच भाइ छोरा र दुई वटी छोरी छन्। कान्छो छोरा जीवनबाहेक सबैको बिहे पनि भइसकेको छ। छोरी पनि बिहे गरेर गइसके। सबै छोरा छुट्टिएका छन्।

भारतको होटलमा भान्सेको काम गर्ने कान्छा छोरासँगै बस्छन्, उनी। सम्पत्तिको नाममा दुई कठ्ठा ऐलानी जग्गा छ। खजुरा रोडको पक्की सडकदेखि मुस्किलले ५० मिटरको दुरीमा उनको फुसको एउटा सानो घर छ। कान्छाले पठाएको पैसाले घरखर्च चल्छ। ‘जवानी छँदा ज्याला मजदुरी गरे। आठ दश वर्ष कपास विकास समितिमा चौकिदार बसे। अब काम गर्न सक्दैन। ०६३ सालदेखि बाहिर काम गर्न गएको छैन। आम्दानी पनि छैन’, उनले यथार्थता दर्शाए।

Loading...
प्रकाशित मिति २६ कार्तिक २०७६, मंगलवार १५:५०