भारतसँग सुरुङ युद्ध लड्न भनेर एकाएक सिमामा पुग्यो जन मुक्ति सेनाको टोली अब एकएक गर्दै नेपाली जुट्दै

पछिल्लो पटक भारतले नेपाली भूमि मिचेर आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेसँगै नेपालमा त्यसको विरोध भइरहेको छ । लिपुलेक कालापानि क्षेत्रमा भारतले गरेको अतिक्मण विरुद्ध सडकदेखि सदनमसम्म विरोध भइरहेको छ ।

सडकमा नक्सा खारेजीको लागि विरोध प्रदर्शनदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला ज लाउनेसम्मका विरोधका कार्यक्रम भइरहेका छन् । नेपा ली
भूमि फिर्ताको लागि पहल नगरेको भन्दै सरकारको पनि चर्को विरोध भइरहेको छ । कतिपय प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको दलाल भन्दै राजिनामा समेत मागेका छन् ।

उनीहरुको आक्रोस कुटनीति पहल नभएकोमा देखिन्छ । सत्तापक्ष र विद्रोही नेकपाका नेता कार्यकर्ता भारतीय नक्सा खारेजीको माग गरिरहेका छन् । तर सरकारले औपचारिक प्रतिक्रिया दिनेभन्दा अरु केहि गर्न सकेको छैन । भारतले आफूले नेपाली भूमी नमिचेको दाबी गरिरहेको छ । उसले नक्सामा समेटिएको नेपा लीभूमी आफ्नै भएको भनिसकेको छ ।

त्यसपछि सरकारले केही बोलेको छैन । संसदको राज्य व्यवस्था समितिले सरकारलाई नेपालको राजनीतिक नक्सा सार्वजनिक गर्न निर्देशन दिएको छ । समितिकी सभापति शशी श्रेष्ठले भारतले मि चेको नेपाली भूमीसहित नेपालको राजनीतिक नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएकी हुन् ।

यो निर्देशन सरकारले पालना गर्छ की गर्दैनै हेर्न बाँकी छ।सर्वोच्च अदालतमा समेत रिट परेको छ । यसैबीच बहिर्गमित जनमुक्ति सेनाको एक टोली सीमा क्षेत्रमा पुगेको छ । बहिर्गमित जनमुक्ति सेना नेपालका पदाधिकारीको एक टोली भारतले अतिक्रमण गर्दै आएको सीमा क्षेत्रमा पुगेको हो ।

आफ्नो हक अधिकारसँगै राष्ट्रियता रक्षाको लागि विगत केही वर्षदेखि संघर्षमा रहेको बहिर्गमित जनमुक्ति से नाको टोलीले ने पालीभू मिको रक्षाको लागि फेरि यु द्ध ल ड्न तयार रहेको बताएको छ । राष्ट्रिय स्वधिनताको रक्षाको लागि तत्कालिन नेकपा माओवादीले जनयुद्धमा भारतसँग सुरुङ युद्धको घोषणा गरेको थियो ।

Loading...
प्रकाशित मिति २८ कार्तिक २०७६, बिहीबार १५:२२