नेपाली सेनालाई बधाइ भारतले मिचेको सिमाना तर्फ अगाडी बढ्यो नेपाली सेना

नेपाली सेनाले भारत तथा चीनसँग जोडिएका सीमा क्षेत्रको अनुगमन तथा सर्भे गर्नेगरी तयारी अघि बढाएको छ।सेनाले अन्य मुलुकसँग जोडिएका सीमा क्षेत्रको अनुगमन तथा सर्भे गर्ने र प्राप्त अवस्थासहितको तथ्यांकको जानकारी सरकारलाई दिने गरी केन्द्रीय तहमा नै सर्भे तथा सीमा अनुगमन निर्देशनालयको स्थापना गरेको हो ।

सी मा क्षेत्रको अनुगमन तथा सर्भेसमेत गर्ने गरी सर्भे तथा सीमा अनुगमन निर्देशनालयको स्थापना भएको हो सै निक प्रवक्ता पाण्डेले राजधानीसँग भने निर्देशनालयले विभिन्न समयमा प्राप्त तथ्य तथा दस्तावेजको अध्ययनसमेत गरी प्राप्त विवरणसहितको सुझाव सरकारलाई दिनेछ ।सरकारले जारी गरेको राष्ट्रिय सुरक्षा नीतिमा सीमा सुरक्षाको लागि सेना सधै तत्पर रहने उल्लेख छ ।

यस्तै नेपालको संविधानको भाग २८ को धारा २६७ को नेपाली से नासम्बन्धी व्यवस्थाको उपधारा १ बमोजिम सर्भे तथा सीमा अनुगमन निर्देशनालयको स्थापना गरिएको सेनाले जनाएको छ ।नेपालको स्वतन्त्रता सर्वभौमसत्ता भौगोलिक अख ण्डता स्वधीनता र राष्ट्रिय एकताको रक्षाका लागि यस संविधानप्रति प्रतिबद्ध समावेशी नेपाली सेनाको एक संगठन रहेनछ संविधानको सो धारामा भनिएको छ ।सीमाको अनुगमन तथा सर्भे गर्नुपूर्व सेनाले पुराना तथ्य सन्धि सम्झौता तथा सीमानासम्बन्धी नक्सा तथा प्रमाणलाई समेत खोतल्नेछ।

सीमा क्षेत्रको अनुगमन तथा सर्भे गर्दा सेनाले केन्द्रीय तहमा गृह परराष्ट्र नुनलगायतका मन्त्रालय तथा नापी विभागसँग समन्वय गर्ने गरी तयारी गरेको हो अनुगमन सुरु गर्नुपूर्व विभिन्न संघ संस्था तथा विज्ञहरूसँग भएका महवपूर्ण दस्तावेज खोज तथा अनुसन्धानपत्रलाई समेत सेनाले अध्ययन गर्ने गरी तयारी अघि बढाइरहेको छ ।तर सेनासँग सो निर्देशनालयका लागि चाहिने जनशक्तिको दरबन्दी भने हालसम्म छुट्याइएको छैन।

Loading...
प्रकाशित मिति २९ कार्तिक २०७६, शुक्रबार ०५:३९