नेपाली चेली बनिन् पहिलोपटक अमेरिकी सेनाको मेजर

अमेरिकाको डालसमा बस्दै आएकी रिमाल १८ वर्षको उमेरमा हाइस्कूलको अध्ययन पूरा गरेर अमेरिकी सेनामा भर्ना भएकी थिइन् रिमाल ११ वर्षको उमेरमा परिवारका साथ अमेरिका पुगेकी थिइन् ।नेपाली मूलकी महिला पहिलोपटक अमेरिकी सेनाको माथिल्लो तहमा पुग्न सफल भएकी छन् ।नेपाली चेली समृद्धि रिमाल अमेरिकी सेनाको मेजर पदमा पुगेकी हुन् ।

अमेरिकी सेनाको मेजरमा पुगेकी समृद्धिले एक कुराकानीमा आफूलाई पहिले सेनामा भर्ना भएर के गर्ने भन्ने केही पनि थाहा नभएको बताएकी छन् । तर, एक महिला सैनिकसँगको भेटवार्तापछि आफूलाई पनि सेनामा रहेर काम गर्ने जोश चलेको उनको भनाइ छ ।

कामको सिलसिलमा अफगानिस्तान पुगेको पनि समृद्धिले सुनाइन् । समृद्धिले अफगानिस्तानमा रहँदा त्यहाँका बच्चाहरुसँग भएको भेटलाई आफ्नो जीवनको खुसीको एक महत्वपूर्ण पलको रुपमा अथ्र्याइन् ।आफू सन् २००५ मा छोटो समयका लागि नेपाल आएको समृद्धिको भनाइ छ । त्यसयता भने कार्यव्यस्तताका कारण नेपाल आउन नसकेको उनले सुनाइन् ।

Loading...
प्रकाशित मिति २९ कार्तिक २०७६, शुक्रबार ०६:१४