रँगशालामा धुर्मस आफैले किन डोजर चलाए रँगशालामा अचानक यस्तो भयो

समाजसेवी तथा कलाकार सितारम कट्टेलले देश विकासका लागि आफू जस्तोसुकै भुमिका पनि निर्वाह गर्न सक्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै कलाकार कट्टेलले आफू काम गर्न सक्षम रहेको बताएका हुन् ।

आफ्नो नजरमा जे काम पनि सम्भव भएको बताउँदै कट्टेलले पछिल्लो समय आफूले गरेको कामको अनुभवले पुनः निर्माण र भौतिक पूर्वाधार निर्माणसम्बन्धी ज्ञान हासिल गरेकाले देशका लागि आवश्यक परेको खण्डमा तयार रहेको बताए ।

केपी ओली नेतृत्वको सरकारमा पुनः निर्माण मन्त्रालयको जिम्मा पाउनुभयो भने के गर्नुहुन्छ भन्ने धमलाको प्रश्नमा कट्टेलले पुनः निर्माणको मात्र नभै राष्ट्रनिर्माणको जिम्मेवारी सरकारले दिन्छ भने तयार रहेको बताए । तर आफूले सरकारसँग कुनै पनि जिम्मेवारीका लागि केही माग नगर्ने उनले स्पष्ट पारे ।

मैले गर्न नसक्ने केही पनि छैन जस्तो लाग्छ । तर मेरो माग चाँही केही छैन । हामी त सरकारलाई बाहिरबाटै सहयोग गर्दै आएका छौँ ।” उनले भने । धुर्मुस आफै ट्याक्टर चलाउँदै ! रँगशालामा अचानक यस्तो भयो (भिडियो हेर्नुस)

Loading...
प्रकाशित मिति २९ कार्तिक २०७६, शुक्रबार १६:०१