प्रधानमन्त्री ओली ग्रान्डी जाँदै आवश्यक परे डायलासिस गरिने

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि धापासीस्थित ग्रान्डी अस्पताल जान लागेका छन् । उनी फलोअपका लागि अस्पताल जान लागेको ग्रान्डी अस्पतालका डाइरेक्टर चक्रराज पाण्डेले जानकारी दिए। प्रधानमन्त्री ज्यू अस्पताल आउने कुरा छ उपचारका लागि हामी तयारी अवस्थामा छौं डा.पाण्डेले भने ।

चिकित्सकका अनुसार प्रधानमन्त्रीको स्वाथ्य जाँच गरेपछि आवश्यक भए डायलासिस पनि गर्ने तयारी छ। ग्रान्डीमै कात्तिक १२ र १३ गते उनको डायलासिस गरिएको थियो । पिसाब निष्कासनमा सहजताका लागि मिर्गौलामा स्टेन्ट राखिएको थियो ।

त्यो स्टेन्ट खुलाउने र आवश्यक परे तेस्रो पटक डायलाइसिस गर्ने तयारी चिकित्सकको छ । प्रधानमन्त्रीसँग सल्लाहपछि निर्णय लिइने छ । एक चिकित्सकले भने ।

Loading...
प्रकाशित मिति ३० कार्तिक २०७६, शनिबार ०४:१२