चितवनमा आज निकै दुखद घटना बाबुछोरा सहित ४ जनाको निधन

भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा दुई मोटरसाइकल एकापसमा ठाक्किंदा एक जनाको निधन भएको छ भने दुई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार निधन हुनेमा पर्सा जिल्ला जितपुर बस्ने ३२ वर्षीय बैजनाथ चौधरी रहेका छन् ।

ठक्करबाट घाइते चौधरीको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा निधन भएको हो । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग१७प ४५६४ नंको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको बा५३प १६५० नंको मोटरसाइकल एकापसमा ठक्कर खाँदा बा५३प १६५० नंको मोटरसाइकल चालक चौधरीको निधन भएको हो ।

ग१७प ४५६४ नंको मोटरसाइकल चालक कास्की पोखरा महानगरपालिका–१५ बस्ने २१ वर्षीय सन्तोष ठकुरी र पछाडि सवार २० वर्षीय रमेश विक घाइते भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । घाइते दुवैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर खाने मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको र घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

चालकको निधन भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार राति मोटरसाइकल अनियन्त्रित भई पल्ँिटदा चालकको निधन भएको छ । निधन हुनेमा सोही स्थानका ३५ वर्षीय डिल्लीराम गौतम रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रामनगरबाट ठिमुरातर्फ जाँदै गरेको ना१५प ५१४१ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो । मोटरसाइकल पल्टिएपछि घाइते गौतमको उपचारका क्रममा भरतपुर अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । दुर्घटना राति १२ बजे भएको थियो ।

हात्तीको आ क्रमणबाट दुईको निधन माडी ठोरी हुलाकी सडकमा आज बिहान हात्तीको आ क्रमणमा परी दुई जनाकोनिधन भएको छ । इलाका प्रहरी कार्यालय माडीका प्रमुख प्रहरी निरीक्षक हर्क विश्वकर्माका अनुसार माडी नगरपालिका वडा नं ९ पुरानो अम्बुबा पोष्ट नजिकै देउराली ओरालोमा बच्चासहितको हात्तीको बथानले आ क्रमण गरेको हो ।

Loading...
प्रकाशित मिति ३० कार्तिक २०७६, शनिबार १२:२४