चीनले हङकङमा आफ्ना जनमुक्ति सेना तैनाथगाउँ शहर भरि जनमुक्ति सेनाले भरिए

हङकङमा चीनले आफ्ना जनमुक्ति सेना तैनाथ गरेको छ । ६ महिनादेखि जारी प्रदर्शनलाई नियन्त्रणमा लिन चिनियाँ जनमुक्ति सेना खटाइएको बताइन्छ ।शनिबार मात्रै ती सेनाले हङकङका सडकमा अवरोध हटाउँदै छन् । जनमुक्ति सेनाले भने आफू शान्ति कायम गराउन यहाँ आएको प्रतिक्रिया दिएको छ ।

एक देश दुई व्यवस्था अनुसार स्वायत्त शासन चलाइरहेको हङकङमा आइतबार प्रदर्शनकारीले चीनको सम्पर्क कार्यालयमा आ क्रमण गरेपछि बेइजिङले उक्त घटनाको निन्दा गर्दै नगरको सरकारले आग्रह गरे जनमुक्ति सेना हङकङमा परिचालन हुने बताएकोथियो।

हङकङमा भइरहेको विकासक्रमलाई हामी नजिकबाट नियालिरहेका छौं, विशेषगरि जुलाई २१ मा केन्द्रीय सरकारको सम्पर्क कार्यालयमा भएको हिंसात्मक आक्रमणलाई बुधबारको पत्रकार सम्मेलनमा वुले भने प्रदर्शनकारीका केही व्यवहारले एक देश दुई व्यवस्थाको सिद्धान्तको सीमा पार गरेका छन्। जुन सह्य छैन।

हङकङमा जनमुक्ति सेना अहिले पनि छ। तर सहरमा परिचालन हुन स्थानीय सरकारले बेइजिङलाई अनुरोध गर्नुपर्ने हुन्थ्यो। हङकङमा केही महिनादेखि सरकारले ल्याएको सुपुर्दगी विधेयकको विरोधमा प्रदर्शन भइरहेको छ। उक्त विधेयकमा हङकङको कुनै अभियुक्तलाई चीन सरकारले चाहेमा मेनल्याण्ड चीनमा पठाउन सकिने व्यवस्था छ।

हङकङवासीले उक्त व्यवस्थाबाट बेइजिङले आफ्ना विपक्षीलाई तारो बनाउने र चीनको न्याय व्यवस्था पारदर्शी नभएकाले न्याय नपाइने भन्दै विरोध गरिरहेकी छन्।

हङकङ सरकारकी प्रमुख क्यारी ल्यामले विधेयक निष्क्रिय भइसकेको बताएकी छन्। तर प्रदर्शनकारीले विधेयक फिर्ता लिनु पर्ने क्यामले राजीनामा दिनुपर्ने माग गरेर आन्दोलन जारी राखेका छन्। धेरैजसो युवाहरू सहभागी हुने आन्दोलनले बेलाबेलामा हिंसात्मक रूप लिने गरेको छ।

गत वर्ष मात्रै हङकङमा विनाशकारी आँधी आउँदा चिनियाँ जनमुक्ति सेना उद्धारका लागि खटिएका थिए । अहिले भने चीनले यसरी तैनाथ गरेको कार्य हङकङको कानून सम्मत मानिदैन ।

Loading...
प्रकाशित मिति ३० कार्तिक २०७६, शनिबार १४:३०