युट्युबबाट चम्किएकी रानु मण्डल यस्तो रुपमा देखिएपछि …

एजेन्सी युट्युबमा लता मंगेसकरको गीत ‘एक प्यारका नग्मा हे’ गाएपछि चर्चित बनेकी रानु मण्डल फेरी एक पटक विवादमा परेकी छिन्। उनी भाइरल भए यता पटक पटक विवादमा आइरहेकी छन् । केही समय अघि म सेलिब्रटी भइसके भन्दै आफ्नै फ्यानको अपमान गरेका कारण विवादमा आएकी रानु अहिले अत्यधिक मेकअप गरेका कारण विवादमा आएकी छन् ।

युट्युबमा लता मंगेसकरको गीत गाएको देखेपछि भारतका चर्चित गायक तथा संगीत निर्देशक हिमेस रसमियाले रानु मण्डललाई भेटेर गीत गाउन लगाएका थिए । हिमोससंग गाएको पहिलो गीत नै निकै चर्चित भएको थियो ।त्यस गीतको नाम थियो ‘तेरी मेरी कहानी। यसपछि रानु मण्डलको जीवनमा ठूलो परिवर्तन आएको थियो।

उनी सडकबाट स्टेजसम्म पुगिन्। हालै एक कार्यक्रमा हिमेससँगै रानु मण्डल पुगेकी थिइन्। तर त्यहाँ उनी अत्यधिक मेकअपमा देखिएपछि त्यसै समयको फोटो यतिबेला इन्टरनेटमा भाइरल बनेको छ। सामाजिक संजाल प्रयोगकर्ताले रानु मण्डलले नसुहाउँदो मेकअप गरेको बताइरहेका छन्। उनी तीव्र आलोचना भइरहेको छ।

Loading...
प्रकाशित मिति १ मंसिर २०७६, आईतवार १६:०९