रौतहटको राजपुर बमकाण्डका आरोपी नेपाली कांग्रेसका नेता तथा संघीय सांसद मोहम्मद आफताब आलमलाई हाल राजधानीको नख्खु कारागारमा १५ सय कैदीसँगै राखिएको छ । रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि जे*ल चलान गर्ने आदेश दिएलगत्तै आलमलाई रातारात नख्खु का*रगा*र ल्याइएको थियो ।
नख्खु कारागार प्रशासनले आलमलाई सामान्य कैदीलाई जसरी नै राखिएको जनाएको छ । नख्खु कारागारका प्रमुख सुरेन्द्र पौडेल आलमलाई कुनै अतिरिक्त सेवा सुविधा नदिइएको बताएका छन्। यो कारागारमा १५ सय कैदीबन्दी छन् ।
तीमध्ये आलम पनि एक हुन् । सामान्य कैदीलाई जसरी राखिन्छ त्यसरी नै राखिएको छ कारागार प्रमुख पौडेलले राजधानीसँग भनेका छन् । यो समाचार आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन् ।
Loading...