सेल्फी खिच्दै नाइट क्लबमा सुन्दरीहरुसँग छमछमी नाचे पूर्वराजा ज्ञानेन्द्र शाह भिडियो

काठमाडौं मंसिर २ पछिल्ला दिनहरुमा धार्मिक तथा रजनैतिक गतिबिधिहरुमा सक्रिय बन्दै गइरहेका पूर्वराजा ज्ञानेन्द्र शाह अचानक काठमाडौँको एक नाइट क्लबमा भेटिएका छन् । पूर्वराजा ज्ञानेन्द्र ठमेलस्थित एक नाइट क्लबमा भने एक्लै गएका होइनन् । उनी बुहारी हिमानी, छोरी प्रेरणा सहित क्लबमा गएका हुन् ।

पूर्वराजपरिवारलाई देखेपछि क्लबमा गएका युवायुवतीहरु हौसिएको भिडियोमा देखिन्छ । सार्वजनिक भिडियोमा ज्ञानेन्द्रले सुरु सुरुमा हात मात्रै हल्लाए पनि केही समय बित्दै गएपछि उनी नाच्न थाल्छन् र फनक्क फन्को मारेको देखिन्छ ।

ज्ञानेन्द्र सहित क्लबमा पुगेका उनकी बुहारी हिमानी र छोरी प्रेरणाले पनि क्लबमा बजेको गीतमा बोली मिलाउँछिन् । ज्ञानेन्द्रले भने क्लबमा पुगेका युवायुवतीहरुसँग हात मिलाउँदै सुन्दरीहरुसँग सेल्फी पनि खिच्न भ्याएका छन् । हेर्नुहोस् यो भाइरल भिडियो ।

Loading...
प्रकाशित मिति २ मंसिर २०७६, सोमबार ०३:२५