पूर्वराजाको नाइट क्लबमा यसरी मस्ती हेर्नुहोस भिडियो

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित ठमेलको नाइट क्लबमा पुगेका छन्। शनिबार राति एलओडी नामक नाइट क्लबमा पुगेका उनी त्यहाँ सहभागीहरुको हात समाउँदै नाचेका थिए।ज्ञानेन्द्रको साथमा पूर्वयुवराज्ञी हिमानीसहित साथीहरु पुगेका थिए। पूर्वराजपरिवारको आगमन सरप्राइज भएको क्लबले जनाएको छ। उनीहरुसँग कलाकारहरु रिमा विश्वकर्मा केकी अधिकारीलगायत क्लबमा उपस्थित युवायुवतीले तस्बिर र सेल्फीसमेत खिचाएका थिए।पूर्व राजा ज्ञानेन्द्र क्लबमा पुगेर नाँचेपछि सामाजिक संजालमा मिश्रित प्रतिक्रिया आएको छ।

नाइट क्लबमा पुगेर नाचेको भिडियो ट्वीटरमा शेयर गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपाले परिकल्पना गरेको राजासहितको लोकतन्त्रको एक उपमा भन्दै प्रशंसा गरेका छन्।उनले लेखेका छन् राप्रपाले परिकल्पना गरेको राजा सहितको लोकतन्त्रको एक उपमा। जनताको राजा नागरिक राजा।जनताको सुखमा रमाउने दुःखमा चिन्तित रहने जनताको साथमा रहने। संबिधानको परिधिभित्र रहने राष्ट्रियता र राष्ट्रिय एकताको प्रतिक राजसंस्था।

Loading...
प्रकाशित मिति २ मंसिर २०७६, सोमबार ०५:३९