तीन करोड नेपालीको आवाज बोले ओलीले भारतलाई दियो ठाडो चुनौती भिडियो हेर्नुहोस

भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेक पनि समावेश गरेर औपचारिक रुपमै नेपाली भूमि हडप्न खोजेको भन्दै विरोध प्रदर्शन भइरहेका बेला भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारले नयाँ नक्साले भारतको यथार्थ सार्वभौम क्षेत्रलाई समेटेको बताए।नयाँ नक्साले कुनै पनि हिसाबले नेपाल भारत सीमा परिमार्जन गरिएको छैन उनले भने। प्रवक्ता कुमारले नेपालसँग जोडिएका सीमा व्यवस्थित गर्न दुइदेशीय संयन्त्रले काम गरिरहेको भन्दै द्वि पक्षीय सम्बन्धका आधारमा सम्वादमार्फत समाधान खोज्ने प्रतिबद्धता समेत जनाए।

दुई देशबीच विवाद सिर्जना गराउने तत्वबाट दुबै देश सचेत रहनुपर्छ। विवादित विषयमा वार्ता र सम्वाद गर्न हामी तयार छौं उनले भने।त्यस्तै भारतले नयाँ राजनीतिक नक्सा जारी गरेलगत्तैबाट देखिएको नेपाल भारतबीचको सीमा विवादका बारेमा उत्तरी छिमेकी देश चीनले पनि मुख खोलेको छ ।चीनले कालापानी क्षेत्रको विवाद नेपाल र भारतले आपसी परामर्श र वार्ताबाट टुंग्याउनुपर्ने भन्दै आफूले सदैव नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्दै आएको जनाएको छ ।

हालै भारतले आफ्नो राजनीतिक नक्साभित्र कालापानीलाई समेटेपछि सीमावर्ती क्षेत्रमा विवाद बढ्दै गएको र चीनले पनि केही नेपाली भूभाग अतिक्रमण गरेको बारे चीनको धारणा माग्न राखिएको जिज्ञासामा प्रवक्ताले जवाफसहितको प्रेस नोट पठाएका हुन् ।नेपाल र भारतले कालापानी क्षेत्रको विवाद मैत्रीपूर्ण परामर्श र वार्ताका माध्यमबाट सुल्झाउन सक्छन् भन्नेमा चिनियाँ पक्ष आशा गर्दछ प्रेस नोटमा भनिएको छ चिनियाँ पक्षले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको सदैव सम्मान गर्दै आएको छ।

Loading...
प्रकाशित मिति २ मंसिर २०७६, सोमबार ०६:५५