३०८ करोडको धरहरा, ६५ करोड सकिंदा यस्तो बन्यो (भिडियोसहित)

भुकम्पले ढालेपछि बन्न लागेको नयाँ धरहरा निर्माणको काम ३० प्रतिशत सकिएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले निर्माण गरीरहेको धरहराको काम ३० प्रतिशत सकिएको हो । ३० प्रतिशत काम सम्पन्न हुँदा ६५ करोड खर्च भएको छ ।

‘एक बर्षको अवधीमा ३० प्रतिशत काम सम्पन्न भयो’ प्राधिरकणका सम्पदा विद् राजुमान मानन्धरले भने, ‘हामीले ठेकेदारलाई ६५ हजार बुझाईसकेका छौ’ उनले देखिएको पुर्वधारमा ६५ करोड खर्च भएको जानकारी दिए ।

उनका अनुसार सन् २०२० अगस्ट भित्र धरहरा निर्माण काम सम्पन्न गर्ने लक्ष्यका साथ काम भईरहेको छ । ३ सय आठ करोडको लगानीमा बन्न लागेको धरहरा २२ तलाको हुने । धरहरा चढ्नको लागि दुई÷दुई वटा लिफ्ट र फलामे भर्याङ बनाईने उनले बताएका छन् ।

Loading...
प्रकाशित मिति ४ मंसिर २०७६, बुधबार १५:४२