मन्त्रिमन्डल पुनर्गठनमा राष्ट्रपति संलग्न बनेको भन्दै भीम रावलको कडा टिप्पणी

काठमाडौं मंसिर ५ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले मन्त्रिमन्डल पुनर्गठनमा राष्ट्रपति विद्यादेवी भण्डारी संलग्न बनेको भन्दै कडा टिप्पणी गरेका छन् । बिहीबार ट्वीटमार्फत् रावलले संविधानले मर्यादित स्थानमा राखेको राष्ट्रपतिले पार्टी पक्ष–विपक्षको राजनीति गर्ने र मन्त्रीहरूको चयनमा संलग्न रहेको देखिने कार्य किन गरियो भन्ने प्रश्न गरेका छन् ।

नेकपालाई बलियो र विजयी बनाउन रगत–पसिना बगाउने र देशका लागि दृढतापूर्वक उभिने पार्टीपंक्ति नै अपमानित हुनेगरी संविधान निर्माणमा अवरोध गर्ने र कम्युनिस्ट पार्टीको उच्छित्तो काढ्नेहरूलाई नै संघीय मामिला र सामान्य प्रशासन एवं कानुन, न्याय र संसदीय मामिलाजस्ता मन्त्रालय सुम्पिनुपर्ने के बाध्यता आइलाग्यो ?’ भन्ने प्रश्न पनि रावलले गरेका छन् ।

विगतमा कम्युनिस्ट पार्टीविरूद्ध क्रियाशील, धनबल र पुँजी राजनीतिबाट समानुपातिक सांसद बनेकालाई अझ मन्त्री बनाउनुको औचित्य के हो ? संविधानको समानुपातिक र न्यायको मर्मलाई सम्मान गरियो त उनको थप प्रश्न छ ।

Loading...
प्रकाशित मिति ५ मंसिर २०७६, बिहीबार १४:२८