आमिर खानले खोले राज, ‘ठग्स अफ हिन्दोस्तान’ फ्लप हुँदा किन मागेका थिए माफी?

बलिउडका मिस्टर प्रफेक्शनिस्ट सुपरस्टार आमिर खान पछिल्लो समय फिल्म ‘लाल सिंह चड्ढा’ का कारण चर्चामा छन् । आमिरको पछिल्लो फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ बक्स अफिसमा पूर्ण रुपमा फ्लप भएको थियो । मल्टिस्टारर फिल्म हुँदा पनि फिल्मले कुनै कमाल देखाउन सकेन ।

आमिरले यो फिल्म फ्लप हुनुको पूरै जिम्मा आफूले लिँदै सबैसँग माफी पनि मागेका थिए । अहिले आएर आमिरले यो खुलाएका छन्, आखिर उनले किन माफी मागेका थिए ? हालै आमिरलाई सोधियो – फिल्म फ्लप हुँदा फ्यानसँग किन माफी माग्नुभयो? यसको जिम्मा तपाईंले किन लिनुभयो?

आमिरले भने – उनीहरुले मलाई सधै आफ्नो कामप्रति जिम्मेवार महसूस गराउँछन् । पछिल्ला दुई दशक आमिरका कुनै त्यस्ता फिल्म आएनन्, जुन नचलेका होऊन् । आमिरले अगाडि थपे यो फिल्म बहुप्रतीक्षित फिल्म थियो । दर्शकलाई फिल्मप्रति धेरै आशा थियो । त्यसैले पनि मैले क्षमा मागेँ ।

मलाई लाग्यो कि, दर्शकको विश्वासमा म खरो उत्रिन नसकेकोमा मैले माफी माग्नुपर्छ । आमिरलाई सोधियो – असफलताबाट के सिक्नुहुन्छ? ‘असफलताले तपाईंलाई धेरै कुरा सिकाउँछ,’ आमिरले भने ।

Loading...
प्रकाशित मिति ५ मंसिर २०७६, बिहीबार १४:५६