लिपुलेक र कालापानीबारे भारतसंग सिधा कुरा गर्ने हैसियत पुराना नेताहरुसंग छैन् , अब रबिले नेतृत्व लिनुपर्छ

नेपालको गौरवशाली इतिहास छ । खुकुरी हाम्रो पहिचान हो । अब खुकुरीको दर्शन भारतलाई गराउनु पर्ने देखिएको छ । युवाहरुको शक्तिले भनिरहेका छन् , रबि आउ देश बचाउ । रबि लामिछानेदाई राजनितिमा आउनैपर्ने अवस्था देखिएको छ । देशको नेतृत्व अब नयॉं पिडीले गर्नुपर्ने देखिन्छ । सवै दलका राम्रा नेताहरुले रबि लामीछानेको नेतृत्व स्वीकार गरेर , नयॉं सिराबाट अगाडी बढ्ने हो भने देशका मिचिएका सिमाहरुबारे खुलेर कुरा गर्न सक्छन् । भारतको ग़ुलामी गरेर आएका केही आफुलाई देशकै छोटे राजा नै सम्झिने स्यालहरु भारतका बफादार चिम्चा जस्तै हुन् ।नेपालको भूभाग लिपुलेक र कालापानी भारतले फिर्ता गरेन भने ख़तरनाक युद्ध सुरु हुनेछ् ।

नेपाल कदापी आफ्नो भूमी छोड्ने छैन् । देशको भूभाग मिचिएको बेला नेपाली नेताहरु शक्ति बाडफाड मैं व्यस्त देखिन्छन् । देशको चिन्ता गर्न छोडेर , आफ्नो चिन्ता , आसेपासेको चिन्ता , झोलेहरुको चिन्ता गरेको देख्दा यिनिहरु नेपालमा बस्न नदिएर जनताले भारततिरै लखेट्नुपर्छ की जस्तो लाग्छ । नेपालको चिन्ता गर्नेहरुले सिधै भारत गएर गम्भिर भेटघाट भारतिय प्रधानमन्त्री संग गर्नुपर्थ्यो । तर , नेपालमा भुक्न जानेकाहरु नेपाली जनताका अगाडीमात्रै हो दादागिरी देखाउने । सक्ने भए ठोस रणनिति नेपाल ले अगाडी सार्नु पर्थ्यो । भारत सरकारसंग छिटो नक्सा सच्याउ होईनभने अन्तराष्ट्रीय करण गरिदिनेछौ भन्ने शाहस राख्नुपर्ने हो ।

सामान्य भुकाईले भारतको कानसम्म पुग्दैन् । यसकालागि देश लगायत विश्वव्यापी रुपमा दवाब सृजना गर्नुपर्ने देखीन्छ । सवै मौन छन् । स्वतन्त्र युवाहरु लगायत केहि शक्ति र ज़िम्मेवारी भन्दा वाहिर बस्नुहुने व्यक्तित्वहरुबाट आवाज बुलंन्द भएको देखीन्छ । सामाजिक संञ्जालले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ । युवाहरुलाई भारतविरुद्ध नबोल भनेर भित्र भित्रै केहि व्यक्तिहरुले प्रशासन आफ्नो हातमा लिएर दबाउन खोजेकोपनि देखिन्छ । यसको व्यापक विरोध गरिन्छ ।

राष्ट्रीयता जोगाउन अब सवैजना एक हुनु आवश्यक देखिन्छ । अभियान व्यापक बनाउन एउटा बलियो स्वतन्त्र युवा चाहीएको छ । यसको नेतृत्व रबि लामिछानेले गर्न सक्छन् । रबि दाईलाई सवैले सजिलै स्विकर्ने भएकाले सवैको साँझा व्यक्ति उहॉं नै हुन् । देशको सिमाना बारे धावा बोल्दै , मिचिएको सिमाना फिर्ता गर्न भारत माथी व्यापक दवाबको सृजना गर्नु पर्ने देखीन्छ । नेपालका पुराना नेताहरु वा वर्तमान संरचनाले देशलाई सहि बाटोमा डोर्याउन् सक्दैन् भन्ने आभाष जनतामा भइरहेको छ ।

प्रकाशित मिति ६ मंसिर २०७६, शुक्रबार १८:१५