दाइजोको मोटरसाइकल नामसारी नगरिदिएको झाेंकमा पत्नीको ह त्या

धनुषाको मिथिला बिहारी नगरपालिका–४ मिथिलेश्वरमा दाइजोमा दिएको मोटरसाइकलको नामसारी नगरेपछि एक युवकले पत्नीको ह त्या गरेका छन्। स्थानीय प्रकाश मण्डलले करिब २२ वर्षीया पत्नी कुसुम मण्डलको ह त्या गरेका हुन्। गरेको अवस्थामा उनका ससुरा रामचन्द्र मण्डलले कुसुमलाई उपचार गराउन भन्दै जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याएका थिए। अस्पतालमा उनको मृ त श व राखेर ससुरा मण्डल फरार भएका छन्।

शनिबार बिहानी माइती पक्षले घटनाबारे जानकारी पाएपछि सञ्चारकर्मीलाई बोलाएर दाइजोका कारण ह त्या गरेको दाबी गरेका छन्। गरिएकी कुसुमका बुवा जीबछ मण्डलले दाइजोमा दिएको मोटरसाइकलको नामसारी आर्थिक अभावका गर्न नसकेकै कारण ह त्या गरेको आरोप लगाए। ‘ज्वाइँ प्रकाशले मोटरसाइकल नामसारीका लागि पटकपटक दबाब दिँदै आएका थिए,’ जीबछले भने, ‘तर आर्थिक अभावका कारण नामसारी गर्न सकेनौं। त्यही झोंकमा गरेको छ।’ घटनाबारे गाउँलेले जानकारी दिएपछि अस्पताल आएको उनले बताए। कुसुमको श व अहिले प्रादेशिक अस्पतालको पोष्टमार्टम घरका राखिएको छ।

शव नजिकै र गत बगेको छ। अस्पतालका चिकित्सकले समेत ह त्या गरेको देखिएको बताएका छन्। नाम नछापिदिने सर्तमा एक चिकित्सकले भने, ‘पिटेको दाग शरीरको विभिन्न भागमा देखिएको छ। मु खबाट र गत समेत बगेको देखिएको छ।’ कुसुमको विवाह प्रकाशसँग डेढ वर्षअघि भएको थियो। विवाहमा दुई लाख नगद, अपाचे मोटरसाइकल, सुन र १५ ताला चाँदी समेत दाइजो माइती पक्षले दिएको थियो। प्रकाश पक्राउ घटना शं कास्पद देखिएको भन्दै प्रहरीले मृ तक कुसुमका श्रीमान प्रकाशलाई पक्राउ गरेको छ।

धनुषाका एसपी शेखर खनालले प्रकाशलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जानकारी दिए। ‘पा सो लगा एर आ त्म हत्या गर्न खोज्दा ससुराले उपचारका लागि अस्पताल ल्याएको भनिएको छ’, एसपी खनालले भने, ‘घटनाबारे बुझ्न प्रहरी पुगिसेको छ। अहिले ह त्या हो कि आ त्मह त्या भन्न सकिँदैन।’ पोष्टमार्टमका रिपोर्ट नआएसम्म केही भन्न नसकिने उनको भनाइ छ।

Loading...
प्रकाशित मिति ८ मंसिर २०७६, आईतवार १५:१५