मधेसले दुःख पाए अनशन बस्छु : प्रचण्ड

निजगढ मधेसँग आफ्नो लभ परेको बताउदै आएका पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो लभर (मधेस) ले दुःख पाए अनशन बस्न तयार रहेको बताएका छन्। नेकपा प्रदेश-२ को कमिटीले मंगलबार निजगढमा गरेको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले तराई-मधेसको विकासको समृद्धि यात्रामा अवरोध गर्ने र दुःख दिनेविरुद्ध अनसन बस्ने बताए।

मैले भन्दै आएको छु, मधेससँग मेरो लभ परेको छ। अब मेरो लभरलाई दुःख दिए त्यसको विरोधमा म अनशन बस्छु’ प्रचण्डले भने, ‘मधेसको विकास र समृद्धिको यात्रामा हुने अवरोध सहिय हुदैन, आन्दोलनमै उत्रन्छु। प्रदेश २ को विकास निर्माणका कामले गति लिन नसक्ने कारण ठेकेदार पनि भएको भन्दै प्रचण्डले त्यस्ता ठेकेदारलाई तत्काल कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएको बताए।

सरकारले ठेकेदारलाई कारवाही गर्न चासो नदेखाए आन्दोलमै उत्रन पनि आफू तयार रहेको उनले प्रष्ट पारे। मधेसको विकासमा कसैसँग सम्झौता गर्न नसकिने प्रचण्डको भनाइ छ। प्रचण्डले पार्टी र सरकार तराई मधेसको समृद्धि यात्रामा केन्द्रित रहेको बताए। प्रदेश-२ को विकास र समृद्धिलाई लक्षित गरेर पार्टीले आयोजना गरेको सभाले देशभर जागरणको सन्देश दिने उनको विश्वास छ।

कार्यक्रमको उद्देश्य राजनीतिक भन्दा पनि विकास र समृद्धिमा केन्द्रित छ। यो पक्कै पनि महत्वपूर्ण कार्यक्रम हो’, प्रचण्डले भने, ‘यसले देशभर जागरणको अभियान सुरु गरेको छ भन्ने मैले ठानेको छु। कार्यक्रममा उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले प्रदेश २ को किासमा आमुल परिवर्तन ल्याउने योजना सरकारले ल्याइरहेको बताए।

अब सिंहदरबार ताकिरहनु पर्दैन। घरआगनमै अधिकारसहितको तीन तहको सरकार छ’ पोखरेलले भने ‘आफ्नो क्षेत्रको विकास गर्नुपर्ने दायित्व सबै सरकारको हो। नेकपा महासचिव विष्णु पौडेलले विकास र समृद्धिको अभियानले प्रदेश २ मा छलाङ मार्ने बताए। ‘हामी तराई मधेसको विकासमा केन्द्रित भएका छौँ।

विकासका काममा पछि परेको मधेसलाई अघि बढाउने योजनासहित पार्टी र सरकार लागिरहेको छ’, पौडेलले भने, ‘यो अभियानले तराईमधेसका जनतालाई निराश हुन दिँदैन। आमुल परिवर्तन आउँछ। सभामा सहभागी हुन सरकारका मन्त्री, नेकपाका केन्द्रीय, प्रदेश कमिटीका नेता निजगढ आइपुगेका थिए। सभामा २० हजार भन्दा बढीको सहभागिता रहेको थियो। प्रदेश २ को राष्ट्रिय गौरवाका आयोजनाको प्रभावकारी कार्यान्यवनका लागि नेकपा प्रदेश कमिटीले सभाको आयोजना गरेको हो।

Loading...
प्रकाशित मिति १० मंसिर २०७६, मंगलवार १७:०३