मलेसिया पुगेको चार महिना नबित्दै युवाको निधन, श्रीमती र पाँच जना नाबालक छोराछोरी विचल्लीमा

खोटाङ

मलेसियामा खोटाङका एक युवाको निधन भएको छ। जन्तेढुंगा गाउँपालिका–५ चिसापानी खुटाका २८ वर्षीय टंकबहादुर सार्की सुतेकै ठाउँमा मृ त फेला परेका हुन्। मलेसियाको क्वालालम्पुरमा रहेको एमयूएजेड फोर्स एसडिएन विएचडि कम्पनीमा कार्यरत सार्की बुधबार सुतेकै ठाउँमा मृ त फेला परेको जानकारी आएको स्थानीय बाजिन्द्र विष्टले बताए।

वैदेशिक रोजगारीका सिलसिलामा चार महिनाअघि मात्र मलेसिया गएका सार्कीको निधनको कारण भने खुलेको छैन। सार्कीको निधन भएपछि श्रीमती र पाँच जना नाबालक छोराछोरी विचल्लीमा परेका छन्। उनको श व नेपाल ल्याउने तयारी भइरहेको कांग्रेस नेता रहेका बिष्टले बताए।

Loading...
प्रकाशित मिति १४ मंसिर २०७६, शनिबार ०६:०८