समयमै सडक कालोपत्रे नगर्ने ठेकेदारविरूद्ध शंख फुकेर विरोध

दोलखाको चरिकोटका स्थानीय बासिन्दाले समयमै सडक कालोपत्रे नगर्ने ठेकेदारविरूद्ध शंख फुकेर विरोध गरेका छन्। गत असारमै कालोपत्रे गरिसक्नुपर्ने सिन्धुपाल्चोक खाडीचौर-मुडे २५ किमी र मुडे-चरिकोट ३० किमी सडक अहिलेसम्म पनि निर्माण नभएपछि ठेकेदारविरूद्ध स्थानीयले शनिबार शंख फुकेर ध्यानाकर्षण गराएका हुन्।

यो सडक निर्माणको जिम्मा दीपक सापकोटाले लिए पनि कालोपत्रे गर्ने काम सकेका छैनन्। उनीहरूले यसअघि मानव साङ्लो बनाएर सिठ्ठी जुलुस र ठेकेदार सापकोटाको फोटो टाँसेर पनि विरोध गरेका थिए।

यो पनि पढ्नुस

भनिन्छ मान्छे जस्तो सोंचाइ राख्छ उस्तै हुन्छ । त्यसैकारण सोंचाइ जहिले पनि सकारात्मक राख्नु पर्छ । ग्रन्थहरुमा यस्ता ७ ब्यक्ति तथा चिजहरुको बारेमा उल्लेख गरिएको जसलाई कहिल्यै पनि शंका गर्नु उचित मानिँदैन ।

१ तीर्थः तीर्थमा भगवानको बास हुन्छ भन्ने विश्वास छ । तीर्थमा भक्तहरुको भिड समेत हुन्छ ।यदि तपाइँलाई विश्वास लाग्दैन भने मन्दिर लगायतका तीर्थस्थल नजानुस् तर गैसकेपछि त्यहाँ शंका नगर्नुस्। तीर्थमा गएर अविश्वास गर्नाले तपाइँको पुण्य नाश हुने शास्त्रमा उल्लेख छ ।

२ मन्त्रः देवी देवताको मन्त्र पनि अविश्वास गर्न नहुने चिज मानिन्छ । देवी देवता तथा मोक्ष प्राप्तिका लागि मन्त्रहरुलाई सबैभन्दा सजिला हतियार मानिन्छ । मन्त्र पाठ गर्दा श्रद्धा र विश्वास सहित गर्नुस् ।

Loading...
प्रकाशित मिति १४ मंसिर २०७६, शनिबार ११:१८