बडिगाड गाउँपालिका-२ को वडाअध्यक्षमा नेकपाका ढालप्रसाद शेरचन विजयी

बागलुङ

जिल्लाको बडिगाड गाउँपालिका-२ को वडाअध्यक्षमा नेकपाका ढालप्रसाद शेरचन विजयी भएका छन्। राष्ट्रिय जनमोर्चाको समर्थनसमेत प्राप्त गरेका शेरचनले ७०४ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डिलबहादुर रानाले ४ सय १२ मत प्राप्त गरे। वडाअध्यक्षमा उम्मेदवारी दिएका समाजवादी पार्टिका हरीलाल रानाले भने जम्मा ६ मत प्राप्त गरे।

१२ मत भने बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। २०७४ मा निर्वाचित वडाअध्यक्ष विष्णु भुषाल जिल्ला समन्वय समितिको उप-प्रमुखमा निर्वाचित भएपछि उक्त पद रिक्त भएको थियो। १ हजार ७ सय ४२ जना मतदाता रहेको वडामा १ हजार १ सय ३४ मत खसेको थियो।

Loading...
प्रकाशित मिति १४ मंसिर २०७६, शनिबार १६:०७