कुवेतमा अलपत्र २१ नेपालीलाई स्वदेश फर्काउन नेपाली दूतावास असफल

काठमाडौ मंसिर १६ कुवेतस्थित ‘अल मन्सुर इन्टरनेसनल ग्रुप अफ कम्पनी’मा कार्यरत २१ नेपाली कामदारहरुलाई उद्वार गरी स्वदेश फर्काउन नेपाली दूतावासले गरेको प्रयास प्रभावकारी हुन सकेको छैन। कामदारको भिसा स्टाटस अवैधानिक भइसकेकाले उनीहरुलाई बैधानिकरुपमा फर्काउन ठूलो रकम जरिवाना तिर्नुपर्छ ।

उनीहरुको कुवेती अध्यागमनको कालोसूचीमा रहेका खबर आजको कान्तिपुरमा ओम कार्कीले लेखेका छन्। दूतावासले भिषा स्टाटस वैधानिक बनाएर कालोसूचीबाट हटाउन पहल गरिरहेको छ। कामदारले कम्पनीका कारण आफूहरु अवैधानिक हैसियतमा बस्नु परेको भन्दै वैधानिक रूपमै फर्काउनु पाउनुपर्ने बताउँदै आएका छन्।

Loading...
प्रकाशित मिति १७ मंसिर २०७६, मंगलवार ०२:५७