दुई छोरासहित आफुलाई छाडेर श्रीमानले अर्की बिहे गरी छुट्टै बस्न थालेपछि ‘माया’ ले गरिन् यस्तो शाहसिलो काम, बिगत सम्झेर थामिएन उनको आँशु (भिडियो)

काठमाडौं १७ मङ्सिर । काठमाडौंको भिडभाडमा एक महिलाले शानदार गाडी चलाउछिन् । तर त्यो गाडी उनको होइन, कुनै धनाड्य परिवारको हो, जसमा ती महिलाले ड्राइभरको भूमिका निभाएकी हुन् । तर उनको त्यो रहर नभएर बाध्यता हो । उनको कथा निकै दर्दनाक छ । उनको नाम माया हो, उनि दुई सन्तानकी आमा हुन् ।

श्रीमानले अर्कै विवाह गरेर छुट्टै बस्न थालेपछि दुई छोराको भविष्य उज्जवल बनाउने जिम्मेवारी उनकै काँधमा आयो । श्रीमान कान्छी श्रीमतीसंग बस्छन् उनलाई र छोराहरुलाई वास्ता गर्दैनन् तर पनि मायाले आफ्नो परिवारको बारेमा बताउनुपर्दा उनै श्रीमानका आमाबुवा र परिवारका बारेमा बताउँछिन् । श्रीमानले धोका दिएर गएपछि उनी एक जना महिलाको सम्पर्कमा आइन्।

जसलाई सबैले मिना दिदि भनेर बोलाउछन् । मीनाले विपत्तीमा परेकाहरुलाई सहयोग गर्ने महान काम गर्दै आएकी रहेछिन् । मिनालाई भेटेपछि यि पी डित माया अंगालो हालेर भक्कानीएर रोइन् । भेट्दा पनि निकै मायालाग्दो अवस्थामा भेटिएकी यि पी डित महिलालाई आफैलाई माया गर्न सिकाइन् । उनले आत्मविश्वास बलियो बनाउन निकै सहयोग गरिन् ।

चार पांग्रे गाडी सिकाउन र आत्मविश्वास बलियो बनाउन सिकाउने गरेकी मिनालाई ति महिलालाई ‘आमा’ भनेर सम्बोधन गर्छिन । मिनाले पनि माया आफ्नै छोरी जस्तो लाग्छ भन्छिन् । आउनुहोस् उनी प्रेरणादायी दुई महिलासंग अनलाइन टिभी नेपालले गरेको कुराकानी तल हेरौं ।

Loading...
प्रकाशित मिति १७ मंसिर २०७६, मंगलवार १८:२१