भर्खरै चितवनमा ठुलो दुर्घटना, अटो दुर्घटना हुँदा ५ जनाको निधन

राप्ती नगरपालिका–५ मा आज साँझ अटो दुर्घटना हँुदा पाँच जनाको निधन भएको छ भने एक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सो नगरपालिका–४ चेपाङमार्गबाट भण्डारातर्फ आउँदै गरेको ना१ह ६४०९ नंको अटो राप्ती–५ डुम्रेखाडी पुल नजिक अनियन्त्रित भई पल्टिएको थियो ।

अटो पल्टिँदा अटोमा सवार पाँचको निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनुभयो । निधन हुनेमा पर्वतको कुश्मा नगरपालिकाको पिपलटारीका ३५ वर्षीय श्यामप्रसाद तिवारी रहेका छन् अन्यको भने नाम र ठेगाना खुल्न सकेको छैन । एक २६ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते भई उपचारका लागि ल्याइएकामध्ये तीनको पुरानो मेडिकल कलेजमा र अन्य दुईको भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

Loading...
प्रकाशित मिति २१ मंसिर २०७६, शनिबार १५:३३