चौँथो स्वर्ण जितेपछि भावुक गौरिका (फोटो फिचर)

काठमाडौँ जारी दक्षिण एसियाली खेलकुद (साग) मा पौडीबाज गौरिका सिंहले सोमबार व्यक्तिगत चौँथो स्वर्ण जितिन्। चौँथो स्वर्ण जित्दा उनी भावुक देखिएकी थिइन्। १०० मिटरको फ्रिस्टाइल स्पर्धामा प्रतिस्पर्धीलाई पछि पारेपछि बधाइ दिन समाजसेवी अनुराधा कोइराला अघिल्तिर पुग्दा गौरिका भावुक देखिन्थिन्।

गौरिकाले यसअघि ४०० मिटर फ्रिस्टाइल, २०० मिटर फ्रिस्टाइल र २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक हात पारी स्वर्णमा ह्याट्रिक गरिसकेकी छन्। सोमबार व्यक्तिगत चौँथो र नेपालका लागि ४९औँ स्वर्ण दिलाउँदै गर्दा अन्नपूर्णकर्मी फोटोपत्रकार सुनिता डंगोलले क्यामरामा समेटेका तस्बिर

प्रकाशित मिति २३ मंसिर २०७६, सोमबार १६:१६