कोहलपुर घटना :प्रकृति जसलाई खुट्टा गुमेको थाहा छैन

कोहलपुर घटना :प्रकृति जसलाई खुट्टा गुमेको थाहा छैन आइतबार कोहलपुर एनटिभी रोडकी १२ वर्षीया प्रकृति चन्दलाई विद्यालय जाने क्रममा ट्रकले ठक्कर दिएको थियो।रिपोर्टिङको क्रममा पुग्दा आइसीयूमा राखिएकी उनलाईशल्यक्रिया कक्षलगिएको थियो। विद्यालय हिँडेकी छात्रा अहिले अस्पताल भर्ना हुन पुगेकी छन्। आफूलाई के हुँदैछ भन्नेमा उनी स्वयंम अनभिज्ञ छिन्।

भयावह दुर्घटना नभएको भए अहिले प्रकृति साथीहरुसँग रमाइरहेकी हुन्थिन् होला, आफ्नो गृहकार्य गरिरहेकी हुन्थिन् होला। कक्षामा सधैँ झै अनुशासित भएर पढिरेहेकी हुन्थिन् होला,ु प्रकृतिका काकाले भने। जब बत्तिएको ट्रकले उनलाई सोहेरेर लग्यो, त्यसयता उनी अस्पतालको बेडमा हल न चल लडिरहेकी छन्।

यो दर्दनाक घटनाले उनलाई मात्र होइन उनको सपना पनि सोहोरेर लगेको छ, खुसी खोसेको छ। साधाझैँ उनी आइतबार दुई चुल्ठी बाटेर निलो आकासे सर्ट र गाढा नीलो स्कर्टमा विद्यालय हिँडेकी थिइन् प्रकृति। प्रकृतिको घर विद्यालयबाट करिब डेढ किलोमिटरको दूरीमा पर्छ। उनी कहिले लोकल बस त कहिले साइकल कुदाउँदै अनि कहिले बुवाको बाइकमा चढेर विद्यालय आउजाउ गर्छिन्।

बाँकेको कोहलपुरस्थित त्रिभुवन नमुना माध्यमिक विद्यालयमा ७ कक्षामा अध्ययनरत प्रकृतिलाई आइतबार भने बुवा नगेन्द्रबहादुरले स्कुटीमा विद्यालयसम्म छोडिदिने भए। आफैं साइकल चलाएर जाँदा पनि उनी कहिल्यै दुर्घटनामा परेकी थिइनन्। आइतबार उनको जीवनको कालो दिन बन्न पुग्यो। जब उनी स्कुटीबाट ओर्लेर विद्यालयको गेटतर्फ बढ्न मात्र के लागेकी थिइन् ट्रकले उनको खुट्टा कि च्यो।

त्यो असह्य पीडामा प्रकृति कति छटपटाइन् कति चिच्याइन् होला सायद उनलाई सम्झना छैन। कान्तिपुरले जो आफ्नो खुट्टा गुमाएको बारे अनभिज्ञ छिन् भन्ने शीर्षकमा समाचार छ । स्कुले बालिकालाई ट्रकले कि चेर घाइते बनाएपछि बाँकेको कोहलपुरमा उत्पन्न घटनाको निष्पक्ष छानबिन गरिने भएको छ। सुरक्षा निकायका प्रमुखसहित राजनीतिक दल, प्रतिनिधिसभाका सांसद, स्थानीय तहका जनप्रतिनिधि र घाइतेका आफन्तसहित बसेको सर्वपक्षीय तथा सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो।

कोहलपुरबाट नेपालगन्जतर्फ आउँदै गरेको ना२ख ९४५९ नम्बरको ट्रकले आइतबार त्रिभुवन माध्यामिक विद्यालय कोहलपुरमा कक्षा सात अध्ययनरत प्रकृति चन्दलाई कि चेको थियो। ट्रकले बालिकालाई कि चेपछि उत्पन्न परिस्थितिलाई नियन्त्रण गर्ने क्रममा भएका कमी–कमजोरीको छानबिन गर्न गृहमन्त्रालयमा अनुरोध गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए।

Loading...
प्रकाशित मिति २४ मंसिर २०७६, मंगलवार ०२:४८