सागमा नेपालले प्राप्त गरेको सफलताले पूर्वराजा ज्ञानेन्द्र खुसी

काठमाडौं, २४ मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौंमा आज सम्पन्न भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले प्राप्त गरेको सफलताले आफु खुसी भएको बताएका छन् । साग सफल भएकोमा पनि उनले खुसी ब्यक्त गरेका छन् । सागको समापन समारोह चलिरहँदा उनले आज साँझ एक विज्ञप्ती जारी गर्दै आफुलाई खुसी लागेको प्रतिकृया दिएका हुन् ।

उनले साग सफलतापुर्वक सम्पन्न गरेकोमा आयोजक र ब्यवस्थापन पक्षलाई धन्यवाद दिएका छन् । पूर्वराजा शाहले आगामी दिनहरुमा पनि खेलकुद क्षेत्रमा अझ बढी उपलब्धि हासिल भइरहोस् भन्ने कामनासमेत गरेका छन् । ‘यसपालिको १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले हासिल गरेको उत्कृष्ट परिणाममा मलाई अत्यन्त खुसी लागेको छ ।

यो उपलब्धिका लागि समस्त सहभागी खेलाडीहरुलाई बधाइ दिन चाहन्छु’–विज्ञप्तिमा भनिएको छ–‘आगामी दिनहरुमा पनि खेलकुद क्षेत्रमा अझ बढी उपलब्धि हासिल भइरहोस् भन्ने मेरो कामना रहेको छ ।’ साथै, १३औं साग सफलतापूर्वक सम्पन्न गरेकामा उनले आयोजक एवं व्यवस्थापक सबैप्रति धन्यवाद व्यक्त गरेका छन्सा ग सफल बनाउन योगदान दिने सबैमा नेपालबाट धन्यवाद

नेपाल सरकारले तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा सहभागी सम्पूर्ण खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अधिकृतलगायत सबैमा हार्दिक धन्यवाद व्यक्त गरेको छ । सरकारले साग सम्पन्न गर्न योगदान दिने मूल आयोजक समिति, नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकूद परिषद् तथा सम्पूर्ण नेपाली जनताका साथै काठमाडौँ, पोखरा र जनकपुरवासीप्रति कृतज्ञता व्यक्त गरेको छ ।

आज साँझ साग समापन समारोह सम्पन्न भएको घोषणा गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले सागले छिमेकीहरुबीचको मित्रता अझ वृद्धि भएको तथा क्षेत्रीय एकतामा योगदान दिएको बताए । “आगामी दिनमा खेलकूद नेपाललाई चिनाउने आधार पनि बनेको छ”, रक्षामन्त्रीले भने ।

सो अवसरमा युवा तथा खेलकूदमन्त्री तथा मूल आयोजक समितिका अध्यक्ष जगतबहादुर विश्वकर्माले खेलाडीहरुको खेल जीवन अझ उज्यालो होस् भन्दै उनीहरुको सफलताको कामना गरे । राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले खेलाडीहरुले राष्ट्रको शिर उँचो बनाएकामा अभिनन्दन गर्दै नेपाल र नेपालीले चाहे भने जस्तोसुकै प्रतिकूल अवस्थामा पनि आफ्नो लक्ष्य र योजना सफल बनाउन सक्ने उदाहरण साग भएको विचार राखे ।

उनले प्रधानमन्त्रीले खेलाडीहरुसँग खुशी साटासाट गर्ने र केही प्याकेज घोषणा गर्ने जानकारी पनि दिए । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अनुशासितरुपमा उत्कृष्ट खेल प्रदर्शन गरी खेलाडीले एकता र मित्रता प्रदर्शन गरेको बताउँदै खेल सम्पन्न गर्ने काठमाडौँ, पोखरा र जनकपुर नगर तथा नगरवासीलाई धन्यवाद दिए ।

Loading...
प्रकाशित मिति २४ मंसिर २०७६, मंगलवार १६:१३